Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली महिला भलिबल टोली फाइनलमा

नेपाली महिला भलिबल टोली फाइनलमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०७८ आइतवार • १६:४४:१० बजे
  • 1.0K
    SHARES
  • नेपाली महिला भलिबल टोली फाइनलमा

    साबिक विजेता नेपाली राष्ट्रिय महिला टोलीले उज्वेकिस्तानलाई सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यम्पियनसिपको फाइनलमा पुगेको छ ।

    images

    बंगलादेशको ढाकामा जारी प्रतियोगितामा अपराजित दुई टोलीबीचको खेलमा नेपालले उज्वेकिस्तानलाई २५–२०, २५–२३ र २५–१४ को सेटमा हराएको हो ।

    साविक विजेता नेपाली टोलीले यसअघि श्रीलंकालाई ३२, बंगलादेश र माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगिताका लगातार चौथो जित निकालेको हो ।

    नेपाल चार खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । नेपालले सोमबार किर्गिस्तानको सामना गर्नेछ । खेल दिउँसो ११ः१५ मा हुनेछ । उज्वेकिस्तानको यो पहिलो हार हो ।

    प्रतियोगितामा उज्वेकिस्तानले माल्दिभ्स, बंगलादेश र किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो । उज्वेकिस्तानले समान चार खेलमा ९ अंक र श्रीलंकाले १० अंक बनाएको छ ।

    सोमबार श्रीलंका र उज्वेकिस्तानको विजेताले फाइनलमा उपाधिका लागि नेपालसँग प्रतिस्पर्धा गर्नेछ । श्रीलंका र उज्वेकिस्तानको खेल बिहान ९ः१५ मा हुनेछ ।

    प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ ।

    बिहीबारदेखि ढाकास्थित शहीद सुरावर्दी कभर्डहलमा जारी प्रतियोगितामा महिलातर्फ साविक विजेता नेपालसहित आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, उज्वेकिस्तान र श्रीलंकाको टोली सहभागी छन् ।

  • सम्बन्धित विषय:

  • # भलिबल टोली फाइनलमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology