Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

पाइप बिस्फोट हुँदा २ जना इन्जिनीयरको मृत्यु

पाइप बिस्फोट हुँदा २ जना इन्जिनीयरको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १२, २०७८ सोमवार • १२:२८:०३ बजे
  • 1.3K
    SHARES
  • पाइप बिस्फोट हुँदा २ जना इन्जिनीयरको मृत्यु

    सोलुखुम्बुमा निर्मामाधीन दूधकोसी जलविद्युत आयोजना परीक्षणको क्रममा पाइप बिस्फोट हुँदा २ जना इन्जिनीयरको मृत्यु भएको छ ।

    images

    ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना परीक्षणका क्रममा आइतबार दुई जना इन्जिनियरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

    आइतबार अपराह्न भएको घटनामा माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर २६ वर्षीय सुवासराज रेग्मी र कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको प्रहरी जनाएको छ ।

    प्रहरीका अनुसार रेग्मी अछाम र थापा काभ्रेका हुन्।

    घटनामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर विराटनगरका मोहम्मद राइन घाइते छन्। उनलाई आइतबार नै हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।

    उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । सुरूङको अगाडिको भाग बिस्फोट भई उछिट्टिएर लाग्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुबैको शव पोस्टमार्टमका लागि सोमबार बिहान हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology