Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एक महिलाको घाँटी रेटेर हत्या

एक महिलाको घाँटी रेटेर हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १२, २०७८ सोमवार • १४:१८:१४ बजे
  • 1.8K
    SHARES
  • एक महिलाको घाँटी रेटेर हत्या

    सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीकी एक महिलाको घाँटी रेटेर ह-त्या गरिएको छ। स्थानीय ५० वर्षीया भुटानीदेवी यादवको सोमबार बिहान घाँटी रेटी ह-त्या गरिएको हो।

    images

    बिहान घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला खेतमा हत्या गरिएको अवस्थामा श-व फे-ला परेको स्थानीयले बताए । उनको कसले के कारणले हत्या गरेको भन्ने रहस्य खुल्न सकेको छैन।

    तीन साता अगाडि मात्रै छिन्नमस्ता–६ को एक वृद्धको घाँटी रेटेर ह-त्या गरिएको थियो ।

    उनको अपराधी पत्ता लाग्न नपाउँदै पुनः सोही प्रकृतिको अर्को घटना दोहोरिएको स्थानीय कृष्णा मण्डलले बताए। सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले विज्ञ टोली बोलाएर घटनाको अनुसन्धान भइरहेको बताए ।

    यसअघि हत्या गरिएको वृद्धको घटना पनि अनुसन्धान क्रममा रहेको काफ्ले बताए।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology