Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भलिबलको उपाधि भिडन्तः नेपाल र उज्वेकिस्तान भिड्दै

भलिबलको उपाधि भिडन्तः नेपाल र उज्वेकिस्तान भिड्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १३, २०७८ मंगलवार • ०८:४३:३३ बजे
  • 967
    SHARES
  • भलिबलको उपाधि भिडन्तः नेपाल र उज्वेकिस्तान भिड्दै

    बंगलादेशको ढाकामा जारी एभीसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधिका लागि आज नेपाली राष्ट्रिय महिला भलिबल टोली र उज्वेकिस्तान भिड्दैछन् ।

    images

    साविक विजेता नेपालले प्रतियोगितामा श्रीलंकासँग ३–२ को सेट खेले यता घरेलु टोली बंगलादेश, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तानलाई सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

    पाँच खेलमा १४ अंकसहित नेपाल शीर्ष स्थानमा रहेको छ ।

    त्यस्तै उज्वेकिस्तान १२ अंकका साथ दोस्रो स्थानमा छ । लिग चरणमा उज्वेकिस्तानसँग सोझो सेटमा जित निकालेको नेपाली टोली फाइनलमा सहज जित निकाल्दै फेरी स्वर्ण पदक जित्नेमा आशावादी छ । ‘विपक्षी टोली कमजोर छैन ।

    पहिलो खेलमा हामी घुलमिल भइसकेका थिएनौँ । श्रीलंकासँग दबाबमा खेल्यौ । पछि घुलमिल भएपछि हामी सबै टोलीलाई सोझो सेटमा हराउन सफल भयौं,’ कप्तान अरूणा भन्छिन् ।

    ‘फाइनलमा पनि सोही अनुसार प्रदर्शन गरेर राष्ट्रलाई फेरी एकपटक स्वर्ण पदक दिलाउनेमा हामी आशावादी छौं ।’

    सन् २०१९ मा बंगलादेशमा नै भएको पहिलो संस्करणमा नेपालको पहिलोपटक कप्तानी सम्हालेकी अरूणाले ऐतिहासिक स्वर्ण पदक दिलाएकी थिइन् ।

    समूह चरणमा बंगलादेश, अफगानिस्तान र किर्गिस्तानमाथि सोझो सेटमा जित निकालेको नेपालले फाइनलमा माल्दिभ्सलाई २५–१३, २५–१२, २५–८ ले पराजित गर्दै ऐतिहासिक स्वर्ण पदक जितेको थियो ।

  • सम्बन्धित विषय:

  • # भलिबलको उपाधि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology