Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

उज्वेकिस्तानलाई हराउँदै नेपाल च्याम्पियन

उज्वेकिस्तानलाई हराउँदै नेपाल च्याम्पियन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १३, २०७८ मंगलवार • १५:५०:२० बजे
  • 769
    SHARES
  • उज्वेकिस्तानलाई हराउँदै नेपाल च्याम्पियन

    साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा जितेको छ ।

    images

    मंगलबार ढाकामा शहीद सुह्रवर्दी नेशनल इन्डोर स्टेडियममा भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हरायो ।

    निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट ट्राइब्रेकरमा २६/२४ ले नेपालले अग्रता बनाएको थियो । सुरुवातदेखि नै उज्वेकिस्तानले खेलमा अग्रता बनाएपनि नेपालले १८/१८ मा अंक बराबरी गरेको थियो ।

    त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक खेल २४÷२४ मा पुग्दा नेपालले ट्राइब्रेकरमा बाजी मारेको हो । दोस्रो सेटमा पनि उज्वेकिस्तानले सुरुवातदेखि नै अग्रता बनायो ।

    नेपाल १९/२३ ले पछि रहेको अवस्थामा उज्वेकिस्तानका प्रशिक्षकले खेल भावना विपरीत निर्णायकको निर्णयलाई नमान्दा रेफ्रीले रातो कार्ड देखाएका छन् ।

    जसले गर्दा नेपालले अंक जोड्दै सर्भिस पनि पाएको थियो । त्यसपछि नेपालले खेल २४/२४ मा पुर्‍याउन सफल भएपनि दोस्रो सेट ट्राइब्रेकरमै २४/२६ ले गुमाएपछि उज्वेकिस्तानले खेलमा पुनरागमन गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # नेपाल च्याम्पियन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology