Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओडारमा बस्दै आएका एक जनाको रहस्यमय मृत्यु

ओडारमा बस्दै आएका एक जनाको रहस्यमय मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १३, २०७८ मंगलवार • २१:११:५७ बजे
  • 1.0K
    SHARES
  • ओडारमा बस्दै आएका एक जनाको रहस्यमय मृत्यु

    चन्दननाथ नगरपालिका-१ कुलालवाडास्थित एक ओडारमा बस्दै आएका ४६ वर्षीय चेते कुलालको ओडारमै रहस्यमय मृत्यु भएको छ ।

    images

    १५ वर्षदेखि ओडारमा बस्दै आएका कुलालको समयमै उद्धार नहुँदा गए राति ओडारमै रहस्यमय मृत्यु भएको हो ।

    खाद्यान्न र लत्ता कपडाको राहत दिए पनि जुम्लामा बढ्दै गएको अत्यधिक चिसोबाट ओत लाग्ने ठाउँ नहुँदा ओडारमा बस्ने कुलाललाई तलमाथि हुन सक्ने चिन्ता सरोकारवालाले गरिरहेका थिए ।

    चाडै बस्ने आवास घर बनाइदिने, नागरिकता उपलब्ध गराउने तयारीमै रहे पनि कुलालको गए राति रहस्यमय मृत्यु भयो । गएको शुक्रबार मात्रै कुलाललाई २ बोरा चामल, सिरक, कम्बल राहत दिइएको थियो । तर, उनले तत्काल घर बनाइदिन माग गरेका थिए ।

    १५ वर्षदेखि ओडारमा बास बस्दै आएका कुलालले चामल कम्बल चोर्न सक्ने आफूमाथि कसैले आक्रमण गर्न सक्ने भन्दै उद्धारका लागि पनि माग गरेका थिए । तर प्रशासन प्रहरी, स्थानीय सरकार सरोकारवाला निकायले उनकै राहत उद्धारमा जुटिरहेकै बेला उता कुलालको रहस्यमय मृत्यु भएको स्थानीय रविन कुलालले बताए ।

    उनका अनुसार चेते कुलालको मृत्यु आश्चार्यजनक छ । ‘सुरक्षित बस्ने घर भएको भए यस्तो घटना हुने थिएन होलो,’ उनले भने । घटनाको सत्यतथ्य छानबिन गरी घटनाको दोषीमाथि कारबाही हुनुपर्ने उनको भनाई छ ।

    प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले ओडारमै बस्दै आएका मृतक चेते कुलालको मृत्यु घटनामा संलग्न संकास्पद दुई जनालाई नियन्त्रणमा लिइएको बताए । हाल पक्राउ परेका दुई जना माथि थप अनुसन्धान भइरहेकोले तत्काल नाम ठेगाना नखुलाइएको उनको भनाई छ ।

    टाउकोमा गम्भीर चोट लागेर रगत बगिरहेको अवस्थामा उनी भेटिएका थिए । बस्दै आएको ओडार भन्दा धेरै परसम्म कुलालको शव घिसाएको अवस्था थियो ।

    उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोस्टमार्टम गरिएको छ ।

    अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालका अनुसार आइएनएफ र जिल्ला प्रशासन कार्यालय जुम्लाको सहयोगमा शुक्रबार ६० किलो चामल, एक सिरक, एक डसना र दुई कम्बल राहत उपलब्ध गरिएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology