Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

उपत्यकासहित देशैभर वर्षा, चिसो झन बढ्यो

उपत्यकासहित देशैभर वर्षा, चिसो झन बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १४, २०७८ बुधवार • ०८:२५:४३ बजे
  • 694
    SHARES
  • उपत्यकासहित देशैभर वर्षा, चिसो झन बढ्यो

    काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा आज बिहान वर्षा भएको छ ।

    images

    उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएको हो ।

    आज दिउँसो पनि मौसम प्रतिकूल हुने आँकलन गरिएको छ

    । बिहानै वर्षा र हिमपात भएपछि चिसो झनै बढेको छ ।

    आज दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरैजसो स्थानमा हल्का देखि मध्यम हिमपातको आँकलन गरिएको छ ।

    बिहीबार भने मौसममा केही सुधार आउने अपेक्षा गरिएको छ ।

    यद्यपि थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

    शुक्रबार मुलुकका एक वा दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ ।

    गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # चिसो झन बढ्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology