Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कसरी मनाउदै छन, प्रवासमा तीज पर्व नेपाली महिला दिदिबहिनीहरु...

कसरी मनाउदै छन, प्रवासमा तीज पर्व नेपाली महिला दिदिबहिनीहरु...

पूर्ण विक पहाडी

पूर्ण विक पहाडी

भाद्र ४, २०७७ बिहिवार • १९:२५:०६ बजे
  • 4.9K
    SHARES
  • कसरी मनाउदै छन, प्रवासमा तीज  पर्व नेपाली महिला दिदिबहिनीहरु...
     प्रबासमा कुनै पनि चाडपर्व आएको जस्तो अनुभुती हुदैन
    sita.jpg
                         (सिता खडका)
    प्रबासमा कुनै पनि चाडपर्व आएको जस्तो अनुभुती हुदैन । सधै कामै काम हुन्छ । बिशेष गरि नेपालमा पछिल्लो चरणमा अर्काको देखासिकी गरेर भएपनी गरगहना लगाउने होडबाजी, महँगो लत्ताकपडा र बस्त्र खरिद गरेर परिवारमा अनावश्यक ब्ययभार सिर्जना गर्ने चलन बढ्दै गएको देखिन्छ ।

    कलाकारिता र साङ्गितिक एवं सांस्कृतिक पक्ष पनि बिकृत बन्दै गएको आभाष हुन थालेको छ । तिजगितका नाममा कतिपय कलाकारहरुले उच्छृङ्खल गित सङ्गीत उत्पादन गर्ने र भ्युज बटुल्न समाजले पचाउन नसक्ने खालका बस्त्रधारण गरेर अभिनय गर्ने होडबाजिले पनि कलाकारिता र साङ्गितिक क्षेत्र बिबादित बन्दै गएको देखिन्छ ।

    पहिले पहिलेका तिज ॠषिपन्चमि लगाएतको अवसरमा लाग्ने मेलाहरुमा हुने नाचगानमा स्थानीय बाजागाजा बजाएर मानवीय जिवनका सुखदुःख पिरब्यथालाई गितको माध्यमबाट अभिब्यक्त गरेर दु:ख बिर्सने र एक आपसमा भातृत्व वृद्धि गर्ने काम गरिन्थ्यो भने आजभोली दरखाने नाममा मदिरापान गरेर अनावश्यक ब्ययभार बृद्वी गर्ने, डेगमा गित बजाएर मनलाग्दी उफ्रने जस्ता क्रियाकलापले हरितालिका तिजको मौलिक पक्षलाई कुरुप बनाउदै लिएको र बिकृत पार्दै गरेको अनुभुती हुन्छ ।

     अहिलेका हरेक पर्वहरु कोरोना भाईरसलाइ 
    MADI GURUNG.jpg
       (मादी गुरुङ अध्यक्ष नेपाली महिला समूह ओमन )
     
    नेपाली नारिहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा शुभकामना दिनु पनि कसरी दिनु न दिनु पनि मनले मानेन देश तथा विदेश रहनुहुने समपुर्ण आमा तथा दिदी वैहिनिहरुले अहिलेको हरेक पर्वहरु मनाउने तरिकाहरुमा परिवर्तन गर्नु होला ।

    आफ्नो धर्म तथा सांस्कृतिकलाई जोगाउनु पर्छ, आफ्नो विशेष ख्याल गर्नु होला, अहिलेका हरेक पर्वहरु कोरोना भाईरसलाइ समर्पित छ । यस कारण पनि खासै विशेष छैन तर पनि हरितालिका तिज २०७७ को पावन अवसरमा सम्पुर्ण आमा,दिदी, बहिनीहरुमा तीज पर्वको हार्दिक मँगलमय सुभकामना व्यक्त गर्द्छु ।

    विगतका बर्षमा एक दिने भए पनि नेपाली दाजुभाइ दिदीबहिनीहारु संग रमाइलो गर्ने गरेका थियौ । तर यस पाली कोरोनाको कारणले गर्न सकिएन, मलाई थाहा छैन,कसरी मेरो चित्त बुझाउ दुख लाग्छ । फेरि पनि ओमनमा मात्र नभै संसारभरी यस्तै छ , भनेर चित्त बुझ्ने बाटो पनि छ । यस्तै हो प्रदेशको पिडा ! धन्यवाद सहित पुन सबैमा तिजको शुभकामना ।


      नेपालमा तीज भड्किलो र उत्ताउलो बन्दै गयो 
    uma aacharya.jpg
      (उमा आचार्य -महिला समूह ओमान भुतपुर्व अध्यक्ष)
    परदेशमा भए पनि आफ्नो परम्परा भुल्न नसकिने हुनाले प्रत्येक वर्ष हामीले तीज विशेष कार्यक्रम गरी तीज मनाउॅदै आएका थियौं । तर कोरोनाको विश्वव्यापी कहरको कारण सामाजिक दूरी कायम राख्नु पर्ने यो परिस्थितिमा यो वर्ष सुरक्षित घरमै बसी सामाजिक संजाल मार्फत दिदीबैनीहरु बिच शुभकामना आदानप्रदान गरेर तीज मनाउने बाहेक अरु केही गरिन्न । 

    दुई चार जना दिदिबहिनी चाहिँ म बसेको घरमा र मेरो नजिक मा हुनुहुन्छ उहाँहरु भोलि आउनु हुन्छ । मनको सन्तोषको लागि केही बनाएर खाने बस्ने त्यस्तै हो र नेपाल को बारेमा भन्नु पर्दा नेपालमा तीज भड्किलो र उत्ताउलो बन्दै गएको र तीजको मर्म नै हराउन सक्ने संभावना देखिन्छ ।

    ठूला ठूला खर्च गरी पार्टी प्यालेसमा जम्मा हुने, धेरै भन्दा धेरै गहना प्रदर्शन गर्ने होडले तीज हुनेखानेको मात्र हो कि जस्तो देखिन थालेको छ । तीजको मौलिक परम्परा भनेको छोरी चेलीहरु दर खान माइत जाने र माइतीको आगनमा दु:खसुख साटासाट गरी नाच्ने गाउने, टाढिएका चेलीबेटी भेट भएर रमाइलो गर्ने हो, न कि भड्किलो बनेर तुजुक देखाउने ।

    तीजलाई मौलिक रुपमा मनाएर यसको मर्मलाई जीवन्त राख्नु पर्छ ता कि यो पर्व हरेक बर्गको पहुॅचमा रहिरहन सकोस् भन्ने मेरो बिचार हो ।


      हरितालिका तिजको धार्मिक एबम मौलिक आस्था र बर्तामान नेपाली समाज
     
    GOMA THAPA.jpg
        (गोमा थापा मगर -महासचिब- नेपाली महिला समुह ओमान)
    हिन्दु धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नो छोरी पार्बती भगबान बिष्णुलाई दिने वचन दिए पछि उक्त कुरा पार्बतिलाइ मन नपरेको हुनाले आफुले मन पराएको वर पाउ भनी जङ्गलमा तपस्या बस्न थालिन, तपस्या बसेको सय बर्ष पुगिसक्दा पनि आफुले गरेको तपस्याको फल प्राप्त नभए पछि पार्बतिले शिव लिङ्गको स्थापना गरि आद्य शक्ति भगबान शिबको नाममा निराहर व्रत बस्न थालिन! यो देखेर भगबान शिव अत्यधिक प्रशन्न भइ प्रकट हुनुभयो र " चिताएको कुरा पुगोस" भनी आशीर्वाद दिए पछि भगबान शिव र पार्बतिको बिहे हुन पुग्यो,, त्यो दिन भाद्र शुक्ला तृतीयको दिन थियो । भाद्र शुक्ला द्धितिय देखि पन्चमी सम्म चार दिन सम्म निकै हर्सोउल्लासका साथ मनाउने यो पर्बलाइ हरितालिका तिजको रुपमा मनाउने प्रचलन पौराणिक कालदेखी नै रहि आएको छ ।

    बिशेष गरि नेपाली हिन्दु समुदायमा नेपाली हिन्दु नारीहरुले हरितालिका तिजको अवसरमा निराहर व्रत बस्दा भगबान शिव जस्तो पति देब मिल्ने र पतिको दिर्घायु र सु- स्वास्थ्य रहने धार्मिक बिश्वास मान्यताका साथ यो व्रत बस्दछन । यसै गरि यो पर्बको नेपाली समाजमा छुट्टै आफ्नो धार्मिक, सास्कृतिक महत्व र बिशेषता छन!! नेपाली समाजको एउटा उखान छ,, "भाइ टिकामा चेलिले माइती सम्झिनु, तिजमा माइतिले चेली सम्झिनु" ।

    यो पर्बमा आफ्नो छोरी, चेलिलाइ माइतीहरुले लिन आइ घरमा मिष्ठान्न भोजन गराउने जसलाई हामी दर खाने कार्यक्रम भन्दछौ । आफ्नो माइतामा मिष्ठान्न भोजन गर्ने र यो पर्बमा नारीहरुले समाजमा भोगेका दुख: सुखका पिर ब्यथा अन्याय, अत्याचार र बिभेदका बिरुद्ध कुण्ठित भाबनाहरुलाइ गित, सङ्गितको माध्यमबाट अभिब्यक्त गर्ने पर्व पनि हो ।
    यो पर्बलाइ नेपालमा मात्र नभई प्राय: बिश्वभरी छरिएर रहनु भएका नेपाली दिदिबहिनीहरुले यो पर्बलाइ निकै हर्सोउल्लासका साथ संस्थागत एवम सामुहिक रुपमा यस पर्बलाइ मुख्य चाडको रुपमा मनाउने गर्दछन । 


    प्रबास ओमानको हकमा आम- प्रबासी नेपाली महिला दिदिबहिनीहरुलाइ संस्थागत रुपमा गोलबन्द गर्दै प्रबासी नेपालि महिला दिदिबहिनीहरुको साझा सामाजिक संस्था नेपाली महिला समूह ओमानको स्थापना गरिएको छ, हाम्रो यस गरिमामाय संस्थाले स्थापना काल देखि विभिन्न रचानात्मक एबम सास्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ ।


    जस मध्ये हरितालिका तिजको अवसरमा आयोजना गरिने कार्यक्रम पनि एक हो!! उक्त कार्यक्रममा हामिले प्रबासी नेपाली महिला दिदिबहिनीहरुलाइ गोलबन्द गर्दै उक्त कार्यक्रममा ओमानका निम्ति नेपाली कुटनैतिक नियोग नेपाली राजदुतावासको प्रमुख महामहिम राजदुत ज्युलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्दछौ र अन्य विभिन्न संघ- संस्था बौद्धिक,सामाजिक ब्याक्तित्व ज्युहरुलाइ आमन्त्रण गरि आम- प्रबासी नेपाली महिला दिदिबहिनीहरुले भोग्नु भएको समस्याका सम्बन्धमा र राज्यको तर्फबाट गर्नु पर्ने सहयोगको सम्बन्धमा गित सङ्गितको माध्यमबाट विभिन्न नाटक अभिनयको माध्यमबाट प्रस्तुत एबम ब्याङ्गय गर्ने गर्दछौ ।

    बर्तमान नेपाली समाजमा चाडपर्ब मनाउने नाममा हाम्रो नेपाली समाजको मौलिक पनलाई बिर्सदै भडकिलो र खर्चिलो बन्दै गएको छ!! चाडपर्व मनाउने नाममा समाजमा बिकृती र बिसङ्गती भित्रिदै गएको छ जसले नेपाली समाजको मौलिक पनलाई अति आधुनिकता पनले खाइदिएको छ!! हरितालिका तिजमा आफ्नो माइतामा आमाले बनाएको मीठो खाद्यन्न परिकार खाने हाम्रो मौलिक पनलाई बिर्सिएर आजभोलि शहरको तीन तारे,चार तारे होटल बुकिङ्ग गरेर विभिन्न पार्टी प्यालेस बुकिङ्ग गरेर महिनौ अघि देखि दर खाने प्रचलन बढीरहेको छ जुन अस्वाभाविक र असोभनिय छ ।

    आफुलाइ अति सम्पन्न, धनाढय र सम्भ्रान्ता परिवारको देखाउन तिजको अवसरमा अनाबश्यक गर- गहना पहिरिने र प्रस्तुत गर्ने प्रचलन बढ्दो छ जसले समाजमा हत्या, हिंसा, चोरी, डकैती जस्तो अमानबिय अपराधहरुको श्रृङखला बढदो छ । हाम्रो तिजको मौलिक पन भनेको आफ्नो पिडा, ब्यथा, सुख दुखहरुलाइ गित सङ्गीत मार्फत ब्यक्त गर्ने हो तर आजभोलि तिजको नाममा प्रस्तुत हुने गित तथा म्युजिक भिडियोहरु तिजको मर्म भन्दा बाहिर गएर छाडा र अश्लिल बन्दै गएको छ जसले हामिलाइ लज्जाबोध गराउदछ । नेपाली समाजमा हाम्रो चाडपर्बको मौलिक अस्थित्वलाई समाप्त पार्ने गरि घटीरहेको यस्ता बिकृती, बिसङ्गतीका बिरुद्ध राज्यले कानुनी रुपमा नियम्बन गर्न आबश्यक ठान्दछु ।
     
    अन्त्यमा:- हाम्रो गरिमामय संस्था नेपाली महिला समूह ओमानले यो सालको हरितालिका तिज बिशेष सास्कृतिक कार्यक्रम बर्तामान समयमा महामारिको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस कोबिड- १९ का कारण कुनै कार्यक्रम आयोजना हुन नसकेको ब्योहोरा पनि यहि लेख मार्फत जानकारी गराउदछौ-धन्यवाद ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • पूर्ण विक पहाडी

    मयूरपाटी डिजिटल पत्रिकाकाे प्रबन्ध निर्देशक: पुर्ण ब. बिश्वकर्मा 'गोतामे' (पहाडी ) हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology