Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

नेपाली राजदूतावास कुवेतकी काउन्सेलर रानालाई बिदाइ तथा सम्मान

नेपाली राजदूतावास कुवेतकी काउन्सेलर रानालाई बिदाइ तथा सम्मान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०८३ आइतवार • १६:५३:२२ बजे
  • 877
    SHARES
  • नेपाली राजदूतावास कुवेतकी काउन्सेलर रानालाई बिदाइ तथा सम्मान

    कुवेत - कुवेतस्थित नेपाली राजदूतावासमा कार्यरत नियोग उप-प्रमुख तथा काउन्सेलर सुजनी राना आफ्नो ४ वर्षे सफल कार्यकाल  पूरा गरी स्वदेश फर्कनुहुने भएको छ । कार्यकाल सम्पन्न गरि नेपाल फर्कने क्रममा एक विशेष समारोहका बीच उहाँकै कार्यकक्षमा सम्मान तथा बिदाइ गरिएको छ । 
    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत र निरेम ग्रुपको संयुक्त आयोजनामा उहाँको सम्मानमा विशेष बिदाइ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका पदाधिकारी तथा निरेम ग्रुपको उपस्थिति रहेको थियो ।

    images

    received_1341820461169347.jpeg
    कुवेत बसाइका क्रममा काउन्सेलर रानाले प्रवासी नेपाली समुदाय तथा श्रमिक वर्गको हकहित, संरक्षण र कल्याणका लागि पुर्‍याउनुभएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै उहाँलाई मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान तथा बिदाइ गरिएको थियो ।

    received_1123590666783359.jpeg
    यसअघि कार्यवाहक राजदूतको रूपमा समेत जिम्मेवारी सम्हालिसक्नुभएकी काउन्सेलर रानाले कुवेत सरकारका उच्च अधिकारीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू सँग नियमित कूटनीतिक समन्वय कायम राख्दै नेपाल र कुवेतबीचको कूटनीतिक सम्बन्ध मजबुत बनाउदै आउनुभएको थियो ।

    काउन्सेलर रानाले आफ्नो कार्यकालमा  कुवेतस्थित नेपाली सङ्घ-संस्थाहरूसँग सुदृढ समन्वय कायम गर्दै नेपाली समुदायलाई सरलीकृत, सर्वसुलभ र प्रभावकारी कूटनीतिक सेवा प्रदान गर्नुभएको थियो । विशेषगरी श्रमिकहरूको समस्या समाधान, राहदानी तथा कागजातीय प्रक्रियालाई सहज बनाउने काममा उहाँको भूमिका सराहनीय छ ।

    काउन्सेलर रानाले बिदाइ समारोहमा बोल्दै आफ्नो कार्यकाललाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने नेपाली राजदूतावास परिवार, कुवेतमा क्रियाशील नेपाली संघ-संस्था, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत तथा सम्पूर्ण नेपाली समुदायलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले कुवेतमा आर्जन गरेको कूटनीतिक अनुभवले आगामी दिनमा देशको सेवा गर्न थप उर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो।

    सो अवसरमा रानाले आफ्नो ४ वर्षको अवधिमा कुवेतमा रहेका नेपाली श्रमिकहरूको हकहित, संरक्षण र नेपाल-कुवेत कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन खेलेको भूमिकाको उच्च प्रशंसा गरिएको थियो । साथै रानाको आगामी कूटनीतिक यात्रा, सुस्वास्थ्य, समृद्धि तथा उज्ज्वल भविष्यको सफलताको हार्दिक शुभकामना व्यक्त गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology