Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गोंगबु बसपार्कमा सामूहिक बलात्कार, ७ जना पक्राउ

गोंगबु बसपार्कमा सामूहिक बलात्कार, ७ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १४, २०७८ बुधवार • १०:१५:५६ बजे
  • 2.3K
    SHARES
  • गोंगबु बसपार्कमा सामूहिक बलात्कार, ७ जना पक्राउ

    काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा ९ जना युवाहरूले एक युवतीलाई सामूहिक बलात्कार गरेका छन् ।

    images

    बलात्कारमा संलग्न ७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    यही पुस १२ गते सुर्खेतबाट काठमाडौँ आएकी ३३ वर्षीया एक युवतीलाई बसपार्कमा भेटेर मुगु घर भएका युवराज बडुवालले गेस्ट हाउस पुर्याएका थिए ।

    उनले मुगु छाँयानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई फोन गरेर गेस्ट हाउसमा बोलाइ त्यही रात दुवैजनाले सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेका छ ।

    त्यसको भोलिपल्ट बिहान थप ७ जनाले अर्को गेस्ट हाउसमा लगेर ती युवतीलाई बलात्कार गरेका थिए । आरोपीहरूले बलात्कारका लागि ३ वटा गेस्ट हाउसको प्रयोग गरेका थिए ।

    बलात्कारमा संलग्न आरोपी मध्येका युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा र अर्घाखाँची घर भएका गोपाल कुमार श्रीसलाई प्रहरीले पक्राउ गरेको छ ।

    बलात्कारमा संलग्न भनिएका मुगुका हस्त नेपाली र चन्द्र साउद फरार रहेका छन् ।

    फरारहरूको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गिरीले जानकारी दिए।

    पीडित युवती काम खोज्न सुर्खेतबाट काठमाडौँ आएकी हुन् ।

    उनका पति लामो समयदेखि भारत गएर बेपत्ता भएपछि दुई सन्तानको लालनपालनका लागी उनी काठमाडौँ आएकी थिइन् ।

    पिडा सहन नसकेर चिच्याउँदै उनी प्रहरीकहाँ गएर जानकारी गराएपछि घटना बाहिरिएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology