Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कर्णालीका जिल्लामा हिउँ परेपछि....(फोटोफिचर)

कर्णालीका जिल्लामा हिउँ परेपछि....(फोटोफिचर)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १४, २०७८ बुधवार • १२:२०:४७ बजे
  • 1.4K
    SHARES
  • कर्णालीका जिल्लामा हिउँ परेपछि....(फोटोफिचर)

    साविकका कर्णालीका हिमाली जिल्ला मुगुसहित जुम्ला, हुम्ला, डोल्पामा हिमपात भएको छ ।

    images

    पुस पहिलो साताबाट हिमपात सुरु भएकामा पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै मंगलबार रातिबाट भारी हिमपात भइरहेको हो । मुगुमा यो वर्ष पहिलो पटक हिमपात भएको छ । हिमपातका कारण चिसो बढेको छ ।

    मुगुमा तापक्रम माइनस ३ डिग्रीमा झरेको छ ।

    hiu1.JPG

    मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको खबर आएको छ ।

    डोल्पाको सदरमुकाम दुनैमा हल्का हिमपात भए पनि उच्च क्षेत्रमा भारी हिमपात भएको छ ।

    hiu2.JPG

    मुगुको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउँपालिकाका उच्च भेगमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् ।

    मगु सदरमुकाम गमगढी बजारमा भारी वर्षा भएको छ । हिमपात हुँदा जिल्लाका छायानाथ रारा नगरपालिका, मुगुमकार्मारोगं गाउँपालिका, सोरु गाउँपालिकाका केही क्षेत्रमा सेताम्ये देखिएका छन् ।

    hiu3.JPG

     मध्य पुसमा भारी हिमपात हुँदा कृषिबाली सप्रिने भन्दै किसान खुसी भएका छन् । गहुँ, जौँको उत्पादन बढ्ने आशा पलाएको किसान मणिचन्द्र भामले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology