Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

मकवानपुरको उत्तरी क्षेत्र दामनमा हिउँ

मकवानपुरको उत्तरी क्षेत्र दामनमा हिउँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १४, २०७८ बुधवार • १२:२५:५६ बजे
  • 1.4K
    SHARES
  • मकवानपुरको उत्तरी क्षेत्र दामनमा हिउँ

    मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्य उत्तरी क्षेत्रको विभिन्न स्थानमा आज बिहानदेखि हिउँ परेको छ ।

    images

    जिल्लाको थाहा नगरपालिकाको दामन, सिमभञ्ज्याङ तथा अघोर लगायतका स्थानमा बिहानैदेखि हिउँ परेको हो ।

    बुधबार बिहानदेखि थाहा नगरपालिकाको २ हजार ४ सय ८८ मिटर उचाईमा रहेको सिमभञ्ज्याङमा हरेक वर्ष जाडोयाममा हिउँ परेको छ ।

    उक्त क्षेत्रमा परेका हिमपातले हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए ।

    उनका अनुसार, उक्त स्थानमा अहिले हिउँ परिरहेकोले काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न प्रकारको सवारीसाधनहरू सुचारु गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम देखिएकोले यातायात सञ्चालनमा रोक लगाएको हो ।

    मौसम सुधार भएमा आज दिउँसो अपराह्नसम्ममा हिउँ पन्छाएर यातायात सुचारु गर्ने तयारी भइरहेको उनले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology