काजी भीम मल्लकी धर्म पत्नीले आफुलाई सती प्रथाको नाममा जबरजस्त नंग्याएर कुटी कुटी चितामा राखेर जिउँदै आगोमा सल्कन बिवश बनाउँने त्यति बेलाका शासक र संस्कारका अघिल्लतिर अन्तिम सास जानु पुर्ब भनेकी थिईन रे ! थुईक्क नाथे हो ? यो देशमा भलो गर्नेको सधै कुभलो होस,! सत्यको हार होस झुटोको जित होस।
पौरष र गौरब लडाउँनेको सत्यानास, गुलामी र पाखण्डहरुको गीत होस, गतिशील समयको यो परिच्छेदमा आईपुग्दा नपुग्दै ठिक त्यसगरी भीम मल्ल की पत्नीले त्यो बेला आँसुमा घोलेर ओकेलेका अंन्तस्करणका असंख्य पिडा र त्यसका लाभाहरु जसरी यो धर्तिमा पोखियो त्यस कुराले आज सम्म यो देशको अग्रगती र प्रगतीमा निरन्तर बाधा हालिरहेको छ।एक जना शासकले शासनको रंग लिने नाममा जुन कुकृत्य गरे अर्थात जुन अश्लिलता प्रयोग गरे त्यसले तत्कालीन अबस्थामा प्रयोग गरिएको धर्मशिलामा कहिल्लै नमेटिने दाग लगाईदिएको छ।
नारी जातीमा जुन अमानबिय हिंसा गरियो त्यो हिंसाको बाटो आज मेरो पैतलामा निरन्तर बिजिरहेको छ ।नारीको सौन्द्रयता उपयोग गर्ने नाममा उसको अश्लिलताका हरेक शुत्रहरु प्रयोगमा ल्याईए। कयौ गर्भवति बनाएर अलपत्र छोडिए, । कतिको जोर जबरजस्तीको नाममा सिकार गरियो। दरबारमा किशोरीहरुका समुह राखियो तिनलाई लडिबुडी गर्ने ओच्छान बनाईयो,र प्रसादीको नाममा बिर्य चटाईयो! यो हद गरेर शासनलाई मोज मस्तिको साधन बनाउने त्यति बेलाका हर्ता कर्ताहरुको बंश सायद कोही पनि बाँकी छैनन सबै नामेट भएर गए! त्यो आर्कनाद पिडा दिएर चेली चिर्ने देशको नागरिकको परिचय छ म संग ? शास्त्रको आडमा दुराचार गर्ने ।
त्यहि मन्दीरको भक्त हुँ” म ! सानालाई एैन ठुलालाई चैन गर्ने भनि लेखिएको कानुनको साक्षि हुँ म” अन्यायका बिरुद्धमा कुनै नालिस लाग्दैन आज ! गंगामायाहरु बर्सौ एउटै ओच्छानमा पिडाको आँसु रित्याई रहेका छन।
साबित्री श्रेष्ठहरु न्याय माग्दा माग्दै हाड छाला भैइसके, खै को छ सुन्ने यहाँ ? धिक्कार लाग्छ मलाई यी सब कुरा सम्झदै गर्दा.. आज म ईतिहाँसमा आँसुले बगाएको ल्याएको त्यही भीम मल्लको पुरानो देशको स्थाई बासिन्दा हुँ” दुनियाँले मेरो देशको त्यो पुरानो सभ्यता पल्टाएर पढेको वा हेरेको मात्रै पनि छ भने एक चोटी लाजले आफ्नो मुख हत्केलाले छोप्छन होला! जिब्रो टोक्छन होला, बुद्ध र गीता जन्माउँने देशको गर्भमा यस्तो कालो ईतिहाँस?आश्चर्यले मुर्छित हुन्छन होला ।
यस्तै यस्तै छ, यहाँ बिगतलामो समय देखी ! कहिले धोईन्छ यो देशको मुहारमा लागेका काला दागहरु? हिजो अस्कि सम्म मेरा हजुर बा ले पर्खिनु भो, यसै गरी मेरा बा ले पर्खिनु भो, आज त्यसै गरी म नि पर्खेरै बसेकोछु कहिले धोईन्छ त्यो कालो हँ?!हरेक कुराको श्राप परेको छ, शासकहरुले नागरिकलाई मन देखी हाँस्न नमिल्ने गरी गल्ती गरेका छन।
यति खेर यही अस्त बेस्तताको कालो कुहिरोमा मेरो देश रुमल्ली बसेको छ,।ईतिहाँसले थकानका सुस्केरा फुकेर बसेको छ।जिम्बेबारीको तहमा बसेको कुनै एक जना ब्यक्तिले गल्ती गर्यो भने त्यसले सबै ठाउँमा धक्का पुर्याउछ र पुस्तौ पुस्ता पिरिरहन्छ।
ति सतिका नाममा जलाईएका चेलीहरुका प्रति एक दिन पुरै देश शोकमा बसेर सामुहिक श्रद्धान्जली कार्यक्रम राख्नु पर्छ,।चित्कारमा जलेका आत्माहरुको शान्ति यसरी नै पुर्ति हुनेछ भन्ने लाग्छ।
लेखक -राष्ट्रिय युवा संघ बझाङ सदस्य तथा बित्थड चिर गाउँपालिका सचिवालय सदस्य हुनुहुन्छ ।