Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सामूहिक बलात्कार प्रकरण : विदेश जान लागेका युवाहरूबाट यसरी बलात्कृत भइन् युवती

सामूहिक बलात्कार प्रकरण : विदेश जान लागेका युवाहरूबाट यसरी बलात्कृत भइन् युवती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १४, २०७८ बुधवार • १७:२५:४७ बजे
  • 2.2K
    SHARES
  • सामूहिक बलात्कार प्रकरण : विदेश जान लागेका युवाहरूबाट यसरी बलात्कृत भइन् युवती

    काठमाडौंको नयाँ बसपार्कस्थित मित्रनगरमा सामूहिक बलात्कारमा संलग्न थप एकजना पक्राउ परेका छन् । बुधवार थप एकजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले बताए ।

    images

    फरारमध्ये मुगुका हस्त नेपाली पक्राउ परेका हुन् । उनीसँगै पक्राउ गरिएका आरोपीको संख्या ८ जना पुगेको छ । बलात्कारमा संलग्न सबै आरोपी वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    ‘बलात्कारमा संलग्न आरोपी विदेश जाने तयारीमा थिए,’ परिसर काठमाडौंका एसएसपी गिरीले भने, ‘अदालतबाट म्याद लिएर घटनाबारे विस्तृत अनुसन्धान गर्छौँ ।’ घटनामा संलग्न ९ जना मध्ये मुगुका चन्द्र साउद अझै फरार छन् ।

    पुस १२ मा सुर्खेतबाट काठमाडौं आएकी ३३ वर्षीया युवतीलाई बसपार्कमा भेटेका मुगुका युवराज बडुवालले गेष्ट हाउसमा लगेका थिए । पछि मुगु छायानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई उनले बोलाए ।

    रात मदिरा सेवन गरेर दुई जनाले सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । भोलिपल्ट बिहान थप ७ जनाले अरु दुईवटा गेष्ट हाउसमा लगेर ती युवतीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ ।

    क्लोज सर्किट क्यामेरामा देखिएको फुटेजमा बडुवालसँगै ती युवती हिँडेर गेस्ट हाउसमा गएको देखिएको छ । पुस १३ मा अरु ४ जना आरोपीहरुले उनलाई अर्को गेस्ट हाउसमा लगेको देखिन्छ । ​

    अर्घाखाँची घर भएका गोपाल कुमार श्रीषले अन्तिम पटक बलात्कार गर्ने प्रयास गरेका थिए । त्यतिन्जेल ८ जनाबाट बलात्कारको पिडा खेपेकी युवती अर्धचेत भैसकेकी थिइन् ।

    त्यसैले आफूले बलात्कार नगरेको र उनलाई ५ सय रुपैयाँ दिएर हिँडेको श्रीषले अनुसन्धान अधिकृतलाई बयान दिएका छन् । श्रीष वैदेशिक रोजगारीका लागि बुधवार कतार उड्दै थिए ।

    पक्राउ परेपछि उनको कतार उड्ने टिकट काम लागेन । विदेशमा गएर कमाउने योजना पनि तत्कालका लागि विफल भएको छ । युवती आफैं प्रहरीमा पुगिन् मंगलबार दिउँसो ३ बजे महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा एकजना युवती अर्धचेत अवस्थामा पुगिन् । र, भनिन्, ‘मलाई १० जना केटाहरूले बलात्कार गरेर भागे ।’

    बसपार्कका इन्स्पेक्टरले सो सूचना काठमाडौं प्रहरीलाई जानकारी गराए । ‘त्यसपछि हामीले पीडितलाई प्रसूति गृहमा उपचारका लागि पठायौं’ एसएसपी गिरीले भने,‘अनि, सिसिटिभी फुटेजबाट अनुसन्धान सुरु गरेर आरोपीसम्म पुग्न सफल भयौं ।

    सबैभन्दा पहिले पक्राउ परेका हुन्, गोपाल कुमार श्रीष । उनी गोंगबुमा भेटिए । युवती प्रहरीकहाँ पुगेको सुराक पाएपछि ६ जना आरोपी कलंकीमा जम्मा भएका थिए ।

    काठमाडौं परिसरबाट खटिएको टोलीले ६ जनालाई कलंकीस्थित न्यू गण्डकी गेस्ट हाउस एण्ड खाजा घरबाटै पक्राउ गरेको हो । अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘६ जना एकै ठाउँमा लुकेर बसेका रहेछन् ।’

    आरोपी मध्येका युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली र शिवहरि बुढा एकै ठाउँमा लुकेर बसेका थिए ।

    बुधवार बिहान पक्राउ परेका मुगुका हस्त नेपाली चाहिँ गोंगबुबाट पक्राउ परेका हुन् । पीडित युवती काम खोज्न सुर्खेतबाट काठमाडौं आएकी हुन् ।

    उनका पति लामो समयदेखि भारतमा गएर बेपत्ता भएपछि दुई सन्तानको लालनपालनका लागि काठमाडौं आएको प्रहरीले बताएको छ । रातोपाटीबाट साभार

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology