Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

आजदेखि मौसममा सुधार हुँदै जाने

आजदेखि मौसममा सुधार हुँदै जाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०७८ बिहिवार • ०८:२८:२३ बजे
  • 493
    SHARES
  • आजदेखि मौसममा सुधार हुँदै जाने

    आजबाट मौसममा सुधार आउने आँकलन गरिएको छ ।

    images

    गत आइतबार पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भएको थियो ।

    आजबाट क्रमशः यो प्रणालीको असर हट्दै जाने र दिउँसो घाम लाग्ने आँकलन महाशाखाका मौसमविद्ले गरेका हुन् ।

    यद्यपि, आज बिहान पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव भने कायमै रहेको छ । आज बिहान देशभरको मौसममा आंशिक बदली भएको छ भने केही स्थानमा वर्षा भइरहेको छ ।

    उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

    पहाडी भूभागको केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

    आज राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

    शुक्रबार गण्डकी र प्रदेश १ का एक, दुई स्थानमा हल्का वर्षा हुनेछ भने ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

  • सम्बन्धित विषय:

  • # मौसममा सुधार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology