Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भलिबलका नेपाली खेलाडीहरु स्वदेश फर्किंदै

भलिबलका नेपाली खेलाडीहरु स्वदेश फर्किंदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०७८ बिहिवार • ०८:३१:०५ बजे
  • 1.2K
    SHARES
  • भलिबलका नेपाली खेलाडीहरु स्वदेश फर्किंदै

    बंगलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोली आज स्वदेश फर्किने भएको छ ।

    images

    त्यस्तै बिजेता खेलाडीलाइ सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ ।

    मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको छ ।

    युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको पहलमा मन्त्रीपरिषदको बैठकले उपाधि विजेता १२ जना खेलाडीहरुलाई जनही ५/५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

    त्यस्तै बैठकले २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेको छ ।

    ढाकामा मंगलबार उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । पुरुषतर्फ भने नेपाल चौथो स्थानमा रह्यो ।

    तेस्रो स्थानका लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३ शुन्यको सेटमा पराजित भएको थियो ।

  • सम्बन्धित विषय:

  • # नेपाली खेलाडीहरु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology