Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज तमू ल्होछार, गाई बर्गको विदाई, बाघ बर्गको स्वागत

आज तमू ल्होछार, गाई बर्गको विदाई, बाघ बर्गको स्वागत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०७८ बिहिवार • ०८:३९:११ बजे
  • 1.8K
    SHARES
  • आज तमू ल्होछार, गाई बर्गको विदाई, बाघ बर्गको स्वागत

    आज तमू (गुरुङ) समुदायले आफ्नो महान् चाड तमू ल्होछार विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छन ।

    images

    गुरुङ समुदायको धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार गाई बर्ग (बर्ष) लाई बिदाई गरी बाघ बर्ग (बर्ष) लाई स्वागत गरी गुरुङ समुदायले तमू ल्होछार पर्व मनाउँछन ।

    एउटा बर्ग (बर्ष) गएर अर्को बर्ग (बर्ष) आउने भएकाले गुरुङ समुदायले ल्होछारलाई नयाँ बर्षका रुपमा पनि मान्छन । गुरूङ समुदायको बोलीचालीको भाषामा ल्होत्वोवा भनिन्छ ।

    ल्हो (वर्ग) त्वोवा (फर्किनु) अथवा वर्ग फर्किनु पनि भन्ने गर्दछन् । अर्थात्, गुरूङ समुदायको प्ये (शास्त्र) अनुसार गुरूङ समुदायले प्रयोग गर्ने १२ वटा वर्गहरु क्रमानुसार प्रत्येक बर्षको पुष १५ मा परिवर्तन हुने वा फर्की आउने र नयाँ वर्गको सुरूवात हुने भएकोले आजको दिनलाई ल्होछार अर्थात नयाँ वर्षको रुपमा मनाइन्छ ।

    गुरुङ समुदायको साँस्कृतिक मान्यता अनुसार गाई, बाघ, बिरालो, गिद्ध, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग र मुसा गरी १२ वटा बर्गहरु हुन्छन ।

    आजदेखि सूर्य उत्तर दिशाबाट दक्षिण पुगी उत्तरतिर फर्कन्छ, जुन बेला पृथ्वीमा सबैभन्दा रात लामो र दिन छोटो हुन्छ । सूर्यले पृथ्वीलाई परिक्रमा गरेर १२ महिना पुग्छ र एउटा ल्हो (वर्ग) ले समय बिताएको हुन्छ ।

    प्रत्येक १÷१ वर्षमा क्रमानुसार १÷१ वटा ल्हो (वर्ग) पार गर्दै पछि १२ वर्ष पूरा भएपछि पुनः सोही ल्हो (वर्ग) को सुरूवात हुन्छ । यसरी गुरूङ समुदायको ल्हो (वर्ग) पद्धति प्रकृतिको नियम र सिद्धान्तसँग मेल खान्छ ।

    जसअनुसार ल्होछार मनाउने संस्कृतिलाई वैज्ञानिक र सत्यतानजिक रहेको भन्ने तर्क गरेको पाइन्छ । ज्योतिष शास्त्रअनुसार पनि पृथ्वीमा सबैभन्दा लामो दिन र छोटो रात असार १५ लाई मानिन्छ ।

    त्यस्तै सबैभन्दा लामो रात र छोटो दिन पुष १५ लाई मानिन्छ ।

    यो पर्व देश तथा विदेशमा रहेका सबै तमूहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन ।

    आज काठमाडौंको टुँडिखेलमा तमू ल्होछार २०७८ मूल आयोजक समितिले आयोजना गरेको कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन । सरकारले आज देशभर तमू ल्होछारका अवसरमा सार्वजनिक बिदा पनि दिएको छ ।

  • सम्बन्धित विषय:

  • # आज तमू ल्होछार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology