Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

र्‍यापर लाउरे ब्राउसुगरसहित पक्राउ

र्‍यापर लाउरे ब्राउसुगरसहित पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०७८ बिहिवार • १३:३६:२७ बजे
  • 1.7K
    SHARES
  • र्‍यापर लाउरे ब्राउसुगरसहित पक्राउ

    चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ ब्राउसुगरसहित पोखरामा पक्राउ परेका छन् ।

    images

    उनी ब्राउन सुगर किनबेचका क्रममा पक्राउ परेको खुलेको छ ।

    पोखराको न्यूरोडमा ब्राउनसुगरको खरिदबिक्री हुँदै गर्दा कास्की प्रहरीले उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले लाउरेसँगै विक्रेताहरूलाई घटनास्थलबाट पक्राउ गरेको छ ।

    त्यहाँबाट उनीहरूको कोठामासमेत प्रहरीले खातलासी गरी केही परिमाणमा लागूऔषध बरामद भएको बुझिएको छ ।

    लाउरेबाट लागुऔषध बरामद नभए पनि खरिद गर्ने मनसाय देखिएकाले लागुऔषध नियन्त्रण ऐन आकर्षित हुन सक्छ ।

    ऐनअनुसार लागु औषध सेवनमाभन्दा कारोबारमा कडा सजायको व्यवस्था छ ।

    ऐनमा ब्राउनसुगर लगायतका लागुऔषध सेवन गर्नेलाई १० हजार जरिवाना वा १ वर्ष कैद सजाय हुन सक्छ ।

    कारोबारीलाई भने बरामद भएको लागुऔषधको मात्रा हेरेर २० वर्षसम्मको सजाय व्यवस्था छ ।

  • सम्बन्धित विषय:

  • # ब्राउसुगरसहित पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology