Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पीएम कपलाई टी-२० फर्म्याटमा लैजान क्यानको प्रस्ताव

पीएम कपलाई टी-२० फर्म्याटमा लैजान क्यानको प्रस्ताव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०७८ बिहिवार • १७:०५:१३ बजे
  • 865
    SHARES
  • पीएम कपलाई टी-२० फर्म्याटमा लैजान क्यानको प्रस्ताव

    नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रधानमन्त्री कप (पीएम) एक दिवसीय क्रिकेटलाई टी-२० फर्म्याटमा गर्न प्रस्ताव गरेको छ ।

    images

    बिहीबार आयाेजित पत्रकार सम्मेलनमा क्यानका म्यानेजर विनोद दासले यसअघि हुँदै आएको ५० ओभरको खेललाई २० ओभरमा झार्न प्रस्ताव गरेको बताएका हुन् । ‘हामी ग्लोबल छनोटमा टी-२० खेल खेल्दैछौँ ।

    त्यसलाई सहयोग हुन्छ भनेर एकदिवसीयलाई टी-२० मा लैजान आग्रह गरेका हौँ।

    उहाँहरू सकारात्मक हुनुहुन्छ ।’ दासले भने । बर्सेनि आयोजना हुने पीएकपलाई राखेपले आर्थिक सहयोग गर्दै आएको छ ।

    म्यानेजर दासले यो निर्णय चाडै सार्वजनिक हुने समेत बताए ।

    बिहीबार नै क्यानले प्रशिक्षण पुबुदु दासानायकेलाई सार्वजनिक गरेको छ ।

    क्यानले आयाेजना गरेको पत्रकार सम्मेलनमार्फत पुबुदुले ३० खेलाडी ग्लोबल छनोटको लागि सुरुवाती प्रशिक्षणमा बोलाउने र नाम आजै बेलुकी वा भोलि बिहानसम्म सार्वजनिक गरिने बताए ।

  • सम्बन्धित विषय:

  • # टी-२० फर्म्याट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology