Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

पूर्व राजाकी नातिनी कृतिकाले लिइन् नागरिकता

पूर्व राजाकी नातिनी कृतिकाले लिइन् नागरिकता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०७८ बिहिवार • १७:०९:२३ बजे
  • 583
    SHARES
  • पूर्व राजाकी नातिनी कृतिकाले लिइन् नागरिकता

    पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी कृतिका शाहले नेपाली नागरिकता लिएकी छन् ।

    images

    जिल्ला प्रशासनका कार्यालय काठमाडौंमा पूर्वयुवराज्ञी हिमानी शाहसँगै पुगेर उनले नेपाली नागरिकता लिएकी हुन् ।

    हिमानी शाहको सनाखतमा उनलाई नागरिकता दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन् ।

    नागरिकतामा उनको नाम ‘कृतिका राज्यलक्ष्मी देवी शाह’उल्लेखित छ । कृतिकाले वंशजको नागरिकता प्राप्त गरेकी हुन् ।

    प्रजिअ रिजालले उनलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

    १८ वर्ष पुगेकी कृतिका पारस–हिमानीकी कान्छी छोरी हुन्। उनकी दिदी पूर्णिका र दाजु हृदयन्द्रले पनि जिप्रकामै पुगेर नागरिकता लिएका थिए ।

  • सम्बन्धित विषय:

  • # पूर्व राजाकी नातिनी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology