Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

र्‍यापर लाउरेसहित ४ जनालाई ८ दिन हिरासतमा राख्न अनुमति

र्‍यापर लाउरेसहित ४ जनालाई ८ दिन हिरासतमा राख्न अनुमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १६, २०७८ शुक्रवार • १६:५७:३८ बजे
  • 1.0K
    SHARES
  • र्‍यापर  लाउरेसहित ४ जनालाई ८ दिन हिरासतमा राख्न अनुमति

    र्यापर लाउरेसँगै पक्राउ परेका ४ जनालाई जिल्ला अदालत कास्कीले ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    images

    बुधवार प्रहरीले पोखराको न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको थियो । लाउरे भनेर चिनिने आशिष रानामगर चर्चित र्यापर हुन् ।

    उनीसँगै पक्राउ पर्नेमा ध्रुव थापा, नविन गुरुङ र सुस्मिता गुरुङ छन् ।

    पोखरा घर भएका लाउरेलाई लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरिएको कास्कीका एसपी रमेश थापाले रातोपाटीलाई बताए । आरोपीहरुको साथबाट १३ दशमलब १ ग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

    ब्राउन सुगरसहित सो लागुऔषध जोख्न प्रयोग गरिने तराजु पनि बरामद गरिएको प्रहरीको भनाई छ ।

    लाउरे रियालीटी शो हिमालय रोडिजका निर्णयक हुन् । ब्राउन सुगर बेचबिखनमा लाउरेको संलग्नताबारे अनुसन्धान भइरहेको एसपी थापाले बताए ।

  • सम्बन्धित विषय:

  • # र्‍यापर लाउरेसहित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology