Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आजदेखि अंग्रेजी नयाँ वर्ष इस्वी सन् २०२२ प्रारम्भ

आजदेखि अंग्रेजी नयाँ वर्ष इस्वी सन् २०२२ प्रारम्भ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १७, २०७८ शनिवार • ०८:३३:०६ बजे
  • 2.1K
    SHARES
  • आजदेखि अंग्रेजी नयाँ वर्ष इस्वी सन् २०२२ प्रारम्भ

    ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष (अंग्रेजी नयाँ वर्ष) इस्वी सन् २०२२ सुरु भएको छ ।

    images

    इसाई धर्मका प्रवर्तक जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको सुरुआत भएको भन्ने भनाइ रहेको छ ।

    पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए ।

    विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटीले बताए ।

    विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादिएकाले हाल यसको विश्वव्यापी प्रचार र प्रयोग भैरहेको छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् ।

    केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् अनुसारको नयाँ बर्ष मनाउने चलन बढ्दै गएको छ ।

    विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाउने क्रम बढेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology