Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ए डिभिजन लिग फुटबलः आज तीन खेल हुँदै

ए डिभिजन लिग फुटबलः आज तीन खेल हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १७, २०७८ शनिवार • ०८:४८:५० बजे
  • 697
    SHARES
  • ए डिभिजन लिग फुटबलः आज तीन खेल हुँदै

    सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदैछन् ।

    images

    लिगको सातौं चरण अन्तर्गत आज तीन खेल हुन लागेको हो ।

    जसअनुसार दुई खेल दशरथ रंगशाला र एक खेल पोखरा रंगशालामा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र जवालाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    थ्री स्टार र जवालाखेलबीचको खेल आज दिउँसो १ बजे सुरु हुनेछ ।

    थ्री स्टार ६ खेलमा ७ अंक जोडेर लिगको आठौं स्थानमा रहेको छ ।

    जावलाखेल ६ खेलमा ७ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

    त्यस्तै पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइजबीच खेल हुनेछ ।

    मनाङ र ब्रिगेडबीचको खेल आज दिउँसो २ बजे सुरु हुनेछ । मनाङ ६ खेलमा १३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

    एएफसी कप छनोट खेल्नका लागि मनाङलाई ब्रिगेडविरुद्ध जित्नैपर्ने दबाब छ ।

    ब्रिगेड ६ खेलमा ५ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ ।

    दशरथ रंगशालामा हुने अर्को खेलमा संकटा क्लब र च्यासल युथबीच प्रतिस्पर्धा हुनेछ ।

    संकटा र च्यासलबीचको खेल ४ः४५ बजे सुरु हुनेछ ।

    संकटा क्लब ६ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । च्यासल ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # ए डिभिजन लिग फुटबल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology