Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चितवनमा दुई जना नर्ससहित थप २६ जनामा कोरोना संक्रमण

चितवनमा दुई जना नर्ससहित थप २६ जनामा कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ५, २०७७ शुक्रवार • ०९:४४:२५ बजे
  • 1.0K
    SHARES
  • चितवनमा दुई जना नर्ससहित थप २६ जनामा कोरोना संक्रमण
    चितवनमा दुई जना नर्ससहित थप २६ जनामा कोरोना संक्रमण भएको छ । गएरातिको परीक्षणमा १५ पुरुष र ११ जना महिलामा कोरोना पुष्टि भएको भरतपुरस्थित प्रयोगशालाले जनाएको छ । संक्रमितमध्ये क्यान्सर अस्पताल भरतपुरका दुईजना नर्स रहेका छन् । 


    अन्य १९ व्यक्ति पनि भरतपुर महानगरपालिका भित्रका रहेका छन् । केही राप्ती नगरपालिकाका पनि छन् । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले पछिल्लो समय लक्षण भएका संक्रमित फेला पर्न थालेको जानकारी दिए । चितवनमा गरिएको स्वाब परीक्षणका क्रममा नवलपुर, पर्सा, पर्वत र मकवानपुरका एक एकजनामा पनि कोरोना संक्रमण पाइएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology