Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

शीर्षस्थानमा उक्लियो मनाङ

शीर्षस्थानमा उक्लियो मनाङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १७, २०७८ शनिवार • १८:४४:३९ बजे
  • 910
    SHARES
  • शीर्षस्थानमा उक्लियो मनाङ

    ब्रिगेड ब्वाईज क्लब (बीबीसी)लाई घरेलु मैदानमा १–० अन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगमा कम्तीमा एक दिनका लागि शीर्षस्थानमा फर्किएको छ ।

    images

    पोखरा रंगशालामा शनिबार भएको खेलमा कप्तान अञ्जन विष्टले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बन्दा मनाङले पाँचौ जित निकाल्यो । जितसँगै मनाङले ७ खेलबाट १६ अंक बनाएको छ र शीर्षस्थानमा रहेको छ ।

    यता, एक खेल कम खेलको मच्छिन्द्र फुटबल क्लब १४ अंकसहित दोस्रो स्थानमा छ । आइतबार साँझ पौने ५ बजे हुने खेलमा मच्छिन्द्रले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरे शीर्षस्थानमा उक्लने छ ।

    यदि हार वा बराबरले भने मनाङ शीर्षस्थानमै हुनेछ । आइतबारको खेलले एएफसी कप–२०२२ छनोटमा स्थान बनाउने टोलीको टुङ्गो समेत लाग्नेछ ।

    सातौँ चरणको शीर्षस्थानमा रहने टोली यस सिजनको एएफसी कपमा छनोट हुनेछ । पोखरा रंगशालालाई होम मैदान बनाएपछि दोस्रो जित निकाल्ने क्रममा अञ्जनले भारतीय खेलाडी दयानन्द सिंहको हेड पासमा हेड गोल गरे ।

    यसअघि पहिलो हाफमा बीबीसीका शिशिर लेखीले पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन् ।

    उनले पाएको पेनाल्टीलाई बाहिर प्रहार गरे । योसँगै मनाङले घरेलु मैदानमा लगातार दोस्रो जित निकालेको छ ।

    गत शनिबार पुलिसलाई ३–१ ले हराएको थियो । यता, पराजित बीबीसी ७ खेलबाट ५ अंकसहित १२औँ स्थानमा छ।

    आज काठमाडौँमा भएको पहिलो खेलेमा थ्री स्टारले प्रतिद्वन्द्वी जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गर्दै पाँचौ स्थानमा उक्लियो ।

    आजको तेस्रो खेलमा अहिले पौने ५ बजे संकटा क्लब र च्यासल युथ क्ल्ब भिड्नेछन् ।

  • सम्बन्धित विषय:

  • # उक्लियो मनाङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology