Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ए डिभिजन लिग : पुलिस र मछिन्द्र भिड्दै

ए डिभिजन लिग : पुलिस र मछिन्द्र भिड्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १८, २०७८ आइतवार • ०८:३६:५९ बजे
  • 1.3K
    SHARES
  • ए डिभिजन लिग : पुलिस र मछिन्द्र भिड्दै

    सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज एक खेल मात्र हुँदैछ ।

    images

    लिगको सातौं चरण अन्तर्गत आज एक खेल हुन लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    पुलिस र मछिन्द्रबीचको खेल ४ः४५ बजे सुरु हुनेछ ।

    उपाधि दाबेदार मानिएको मछिन्द्रका लागि आजको खेल महत्वपूर्ण रहेको छ ।

    एएफसी कप छनोट खेल्नका लागि मछिन्द्रलाई पुलिसविरुद्ध जित्नैपर्ने दबाब छ ।

    मछिन्द्र ६ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

    एएफसी कप छनोट खेल्न सातौं चरण सकिंदा मछिन्द्रलाई शीर्ष स्थानमा उक्लनु पर्नेछ ।

    यस्तोमा मछिन्द्रलाई जित बाहेक अन्य बिकल्प छैन ।

    पुलिससँग हार वा बराबरीमा रोकिएमा मनाङ एएफसी कपका लागि छनोट हुनेछ ।

    मनाङ ७ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

    यता, पुलिस ६ खेलमा ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

    पुलिस आज मछिन्द्रलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । तर, खराब लयमा रहेको पुलिसलाई जित निकाल्न सजिलो छैन ।

  • सम्बन्धित विषय:

  • # ए डिभिजन लिग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology