Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजको मौसम

आजको मौसम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १८, २०७८ आइतवार • ०८:३८:११ बजे
  • 1.6K
    SHARES
  • आजको मौसम

    आज बिहान देशभरका धेरैजसो स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

    images

    हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपास क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ ।

    आज बिहान देशभरको मौसममा आंशिक बदली रहेको छ ।

    आज दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ ।

    गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आज राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।

    शनिबार दिउँसो देशभरको मौसममा आंशिक बदली रहनेछ ।

    गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology