Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मेस्सीलाई कोरोना सङ्क्रमण

मेस्सीलाई कोरोना सङ्क्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १८, २०७८ आइतवार • १९:०१:२७ बजे
  • 688
    SHARES
  • मेस्सीलाई कोरोना सङ्क्रमण

    लियोनेल मेस्सीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पेरिस सेन्ट जर्मेनले मेस्सी सङ्क्रमित भएको पुष्टि गरेको छ ।

    images

    अर्जेन्टिनी स्टारले अब सोमबार कोप डे फ्रान्समा भानेसविरुद्धको खेल गुमाउने भएका छन् ।

    क्रिसमसमा छुट्टी मनाउन उनी अर्जेन्टिना पुगेका थिए ।

    त्यतिबेला नै उनलाई सङ्क्रमण भएको आशंका गरिएको छ ।

    उनीसँगै टोलीका अन्य तीन सदस्यलाई पनि कोरोना सङ्क्रमण भएको बताइएको छ ।

    क्लबका अनुसार मेस्सीसँग जुआन बर्नाट, सर्जियो रिको र नाथा बिटुबमाजालाई पनि सङ्क्रमण पुष्टि भएको छ ।

    सबै खेलाडी आइसोलेसनमा रहेको र उनीहरूले आवश्यक स्वास्थ्य सावधानी अपनाइरहेको बताइएको छ ।

    मेस्सीसँगै स्टार खेलाडी नेयमारले पनि आगामी खेल गुमाउनेछन् ।

    उनको खुट्टामा चोट लागेको छ । उनी नोभेम्बर अन्तिमदेखि मैदान बाहिर रहेका छन् र ब्राजिलमा नै स्वास्थ्य लाभ गरिरहेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology