Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आजको राशिफल

आजको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०७८ सोमवार • ०८:३२:३७ बजे
  • 886
    SHARES
  • आजको राशिफल

    आजको राशिफल

    images

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
    तपाईँका लागि सोमबारको दिन रोजगारीको क्षेत्रमा सफलता हात लाग्नेछ । सोमबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको यात्रा गरी काम गर्दा शुभ हुनेछ । आजको दिन घरका जेष्ठ सदस्य र कन्यालाई खानेकुरा र बस्त्र दिनुभयो भने परिवारमा खुसीयाली छाउनेछ ।

    वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
    आजको दिन व्यापारव्यवसायमा सोचेअनुसार नहुनसक्छ । त्यसैले आजको दिन व्यापारव्यवसायको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनुहोला । तपाईंको मन, वचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र आफ्नो दैनिक काम सम्पादन गर्नसक्नुहुन्छ । कसैसँग विवाद हुने काम र कुरा नगर्नुहोला ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
    तपाईंको मनभित्र अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । आजको दिन कष्टकर हुनेछ, मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज हरेककुराका सकारात्मक सोच राख्न सक्नुभयो भने मात्र तपाईंमा खुसीयाली छाउने छ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
    मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाईंसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
    आज यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर शुभ साइतमा यात्रा गर्नुहोला । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ । नियमित कामबाहेक अन्य नयाँ काममा चासो नदिनुहोला ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो)
    मनमा चिन्ता र भय उत्पन्न हुनेछ । तपाईंको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता प्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । कन्या राशिका पुरुषले घरमा आमा, दिदीबहिनीहरुलाई उपहार दिनु, महिलाले भने बुवा, दाजुभाइलाई उपहार दिनु राम्रो हुनेछ ।

    तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
    तपाईंले आजको दिन सुरु गरेको काम सफलता मिल्नेछ । तपाईंको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । तपाईंलाई सफलता हात लाग्नेछ । कुनै कामबीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
    वृश्चिक राशिका जातकले सोचअनुसार काम हुनेछ । तपाईंले आफ्नो ग्रह बलियो भएको बेला कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । आजको दिन तपाईंले शिवालयमा गएर जल अर्पण गर्नुभयो भने शान्ति मिल्नेछ । आजको दिन शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
    चन्द्रमा साथ रहेको छ । ग्रह बलिया छन् । त्यसैले आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । आज बिहान सूर्योदयको दर्शन गर्नुभयो भने मनमा खुसियाली छाउनेछ ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) तपाईंले गरेको कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन देवालयको दर्शन र यात्राले मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएका कामको मूल्यांकन हुनेछ । समाज र परिवारबाट मानसम्मान मिल्नसक्नेछ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
    कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको मन्दिरमा दर्शन गर्नुभयो भने थप उर्जा मिल्नेछ । देवालयमा जानुभयो भने केही फलफूल वितरण गर्नुहोला ।

    मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
    मनमा प्रसन्नता छाउने छ । लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । आजको दिन अध्यापनमा समय दिनुहोला । लेखन र सिर्जनात्नमक कार्यको शुरुवात गर्दा पनि सफलता मिल्नेछ ।

  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology