Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ए डिभिजन लिग फुटबलः सातदोबाटो र हिमालयन भिड्दै

ए डिभिजन लिग फुटबलः सातदोबाटो र हिमालयन भिड्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०७८ सोमवार • ०८:४०:३४ बजे
  • 859
    SHARES
  • ए डिभिजन लिग फुटबलः सातदोबाटो र हिमालयन भिड्दै

    सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज एक खेल हुँदैछ ।

    images

    जारी लिग अन्तर्गत आज सातौं चरणको अन्तिम एक खेल हुन लागेको हो ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    सातदोबाटो र शेर्पाबीचको खेल आज दिउँसो १ बजे सुरु हुनेछ ।

    नवप्रवेशी क्लब सातदोबाटो आज तेस्रो जितको खोजीमा रहेको छ ।

    सातदोबाटो ६ खेलमा ८ जोडेर सातौं स्थानमा रहेको छ ।

    शेर्पालाई हराएर सातदोबाटो शीर्ष पाँचमा उक्लन चाहन्छ ।

    शेर्पा पनि तेस्रो जितको खोजीमा रहेको छ ।

    शेर्पा ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

    सातदोबाटोलाई हराएर शेर्पा पनि शीर्ष पाँचमा उक्लने योजनामा रहेको छ ।

    लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

    पुछारमा रहने दुई टोली रेलिगेसनमा पर्नेछन।

  • सम्बन्धित विषय:

  • # ए डिभिजन लिग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology