Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निर्मला पन्त प्रकरणः एक भारतीयको डीएन परीक्षण

निर्मला पन्त प्रकरणः एक भारतीयको डीएन परीक्षण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०७८ सोमवार • १०:५४:५४ बजे
  • 988
    SHARES
  • निर्मला पन्त प्रकरणः एक भारतीयको डीएन परीक्षण

    कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा एक जना शंकास्पद तर बेपत्ता भएको व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images

    भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा ११ साउन २०७५ मा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता व्यक्तिलाई प्रहरीले हालै नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमको क्षेत्रीय अपराध अनुसन्धान समूह (आरआईटी) र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को संयुक्त टोलीले भारतबाट अली थरका युवकलाई नियन्त्रणमा लिएर डीएनए जाँचका लागि नमूना लिएको प्रहरीले बताएको छ ।

    प्रहरीकाअनुसार पन्त प्रकरणमा नयाँ शिराबाट अनुसन्धान गर्दा हालसम्म खुलेका शंकास्पदमध्ये ‘भेरिफाइ’ गर्न बाँकी रहेकालाई सोधपुछ गर्ने क्रममा उनलाई नेपाल ल्याइएको थियो ।

    नेपाल आउने वित्तिकै डीएनए परीक्षणका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएपनि रिपोर्ट आइसकेको नसकेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # निर्मला पन्त
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology