Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीको बेनीमा निर्माणाधिन घरबाट खसेर एक जनाको मृत्यु 

म्याग्दीको बेनीमा निर्माणाधिन घरबाट खसेर एक जनाको मृत्यु 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०७८ सोमवार • १७:५५:०१ बजे
  • 2.0K
    SHARES
  • म्याग्दीको बेनीमा निर्माणाधिन घरबाट खसेर एक जनाको मृत्यु 

    सन्तोष गौतम

    images


    म्याग्दी, १९ पुष । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा निर्माणाधिन घरबाट खसेर सोमबार एक जनाको मृत्यु भएको छ । 

    तीन तला माथिबाट खसेर सख्त घाइते भएका अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका अन्दाजी ३२÷३३ बर्षका कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    प्रहरी नायब उपरिक्षक श्यामकुमार राइले बेनी अस्पताल पु¥याउँदा चिकित्सकले पुनलाई मृत घोषणा गरेका जानकारी दिनुभयो । घाइते पुनलाई प्रहरी र स्थानीयबासीले उद्दार गरेर अस्पताल पठाएका थिए । 

    मृतक पुन सो घर निर्माणमा मजदुरको रुपमा काम गर्नुहुन्थ्यो । .

    मृतकको शब परिक्षणका लागि बेनी अस्पतालको शबगृहमा राखिएको छ । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology