Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म्याग्दीमा पत्रकारहरुका लागि क्षमता अभिबृद्धी तालिम सम्पन्न

म्याग्दीमा पत्रकारहरुका लागि क्षमता अभिबृद्धी तालिम सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०७८ सोमवार • १९:०२:५७ बजे
  • 2.4K
    SHARES
  • म्याग्दीमा पत्रकारहरुका लागि क्षमता अभिबृद्धी तालिम सम्पन्न


    तातोपानी, १९ पुष । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा सोमबार म्याग्दीका पत्रकारहरुका लागि क्षमता अभिबृद्धी तालिम सम्पन्न भएको छ । 

    images

    कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकी प्रदेश, रघुगंगा गाउँपालिका, बेनी नगरपालिका, जिल्ला समन्वय समिति म्याग्दी र म्याग्दी मिडिया सोसाइटीको सहयोगमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको समन्वयमा शनिबारदेखि तालिम शुरु भएको थियो ।  

    ४१ जना सहभागी तालिमको समापन गर्दै रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जिम्मेवार, बिश्वसनीय, मर्यादित, तत्थ्यपरक, खोजमुलक पत्रकारितामा जोड दिनुभयो ।

    पत्रकारिताको प्रर्वद्धन र स्थानीय सञ्चार माध्यमको सवलीकरणमा गाउँपालिका सहयोग गर्न तप्पर रहेको अध्यक्ष भण्डारीको भनाई थियो । 

    नागरिक अधिकारका साथसाथै राज्यका निकायलाई खबरदारी गर्ने सञ्चार माध्यमको भूमिका प्रभावकारी बनाउन क्षमता बिकास तालिम सहयोगी बनेको सहभागी कृष्ण जिसी र रेखाकौशल रेग्मीले बताउनुभयो ।

    नेपाल उद्योग बाणिज्य महासंघका पुर्ब केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठले शुसासन, पारदर्शिता, बिकास र सेवा प्रवाहलाई पभावकारी बनाउन पत्रकारिता क्षेत्रले सजग र सचेत बनाउनुका साथै सकारात्मक कार्यको प्रर्वद्धन गर्नुपर्ने बताउनुभयो । 

    प्रमुख प्रशिक्षक तथा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा, गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा र उपाध्यक्ष सोनी शर्माले प्रबिधीको प्रयोगसँगै पत्रकारितालाई बिबिधीकरण गर्न तालिम सञ्चालित गरिएको बताउनुभयो ।

    पत्रकारितामा औपचारिकता र कपी पेस्टको समस्या हटाउदै मौलिकता र सिर्जनशिल सिपको बिकास गर्नुपर्ने पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।  

    प्रदेश सरकारको गण्डकीका ११ वटै जिल्लाका पत्रकारलाई तालिम दिने कार्यक्रम अन्तरगत यसअघि नवलपुर र बाग्लुङमा तालिम सम्पन्न भएको महासंघका प्रदेश महासचिब गोबिन्द सुबेदीले बताउनुभयो ।  

    तीन दिनसम्म सञ्चालन भएको तालिमको महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा र अन्नपूर्ण पोष्ट्का कास्की संबाददाता कृष्णमणी बरालले सहजिकरण गर्नुभएको थियो ।

    खोज, फिचर,  फोटो र भिडियो सम्बन्धी प्राबिधिक तथा ब्यवहारिक ज्ञानसिप प्रदान गरिएको महासचिब सुबेदीले बताउनुभयो । 

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology