Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान अन्तिम चरणमा

ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान अन्तिम चरणमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७८ मंगलवार • ०८:३१:४६ बजे
  • 760
    SHARES
  • ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान अन्तिम चरणमा

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ ।

    images

    बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको ललिता निवासको १४३ रोपनी सरकारी जग्गामध्ये १२६ रोपनी जग्गा हिनामिना भएको निष्कर्ष सीआईबीको छ ।

    ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिए । “सरकारी जग्गा हिनामिनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

    केही दिनमै प्रतिवेदन बुझाउने तयारीमा छौँ”, उनले भने ।

    यस प्रकरणको अनुसन्धानको हदम्याद यही पुस २७ गते सकिँदै छ ।

    उक्त समयभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने प्रावधानका कारण ब्युरोले यसै साता जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

    सीआईबीले सरकारी जग्गा हिनामिनामा जोडिएका तीन सयभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चलाउन सिफारिस गर्ने तयारी गरेको जनाएको छ ।

    तिनमा तत्कालीन सरकारी कर्मचारी र अन्य छन् ।

    राजनीतिक नेतृत्वबारे भने सीआईबीले अनुसन्धान अगाडि बढाएको छैन ।

    सीआईबीले १२६ रोपनी जग्गा हिनामिना हुँदा १२ अर्ब नौ करोड ६० लाख रुपियाँ सरकारी नोक्सानी भएकाले उक्त रकमको बिगो दाबी गर्ने तयारी गरेको छ ।

    याे खबर आजको गोरखापत्र समाचार छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology