Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, चार जना घाइते

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, चार जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७८ मंगलवार • १३:३५:२४ बजे
  • 787
    SHARES
  • ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, चार जना घाइते

    कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ रनगाईमा ट्याक्टर पल्टिँदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ ।

    images

    लु ४ त २४०२ नम्बरको ट्याक्टर म‌गलबार बिहान ७ बजे दुर्घटना भएको थियो ।

    मृत्यु हुनेमा स्थानीय ४८ वर्षिया शिवकुमारी थारू र १६ वर्षिया फुलकुमारी थारू रहेकी इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।

    बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू घाइते भएका र बलरामको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए ।

    बालुवा लिनको लागि मजदुर लिएर बुद्धभूमि ४ बुड्ढी जाने क्रममा सडकदेखि करिब ५ मिटर तल खसेर दुर्घटना भएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology