गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या १ हजार ८ सय २१ पुगेको छ । गण्डकीमा सात जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित जिल्ला प्रदेश राजधानी कास्की रहेको छ । कास्कीमा २ सय ६८ जना संक्रमित भएकोमा हाल १ सय ७ जना सक्रिय केस छन् ।
कास्कीपछि तनहुमा ३८ कोरोनाका सक्रिय केस छन् । तनहुमा १ सय ८६ जना डिस्चार्ज भइसकेका छन् । बाग्लुङ्ग र सुस्ता पूर्वको नवलपुर जिल्लामा समान ३० सक्रिय केस छन् ।
कुनै समय कोरोनाको हटस्पट बनेको स्याङजामा सक्रिय केस २१ मा झरेको छ । स्याङजामा २ सय ८२ संक्रमित निको भइसकेका छन् । ४८ संक्रमित रहेको म्याग्दी र समान एक जना संक्रमित रहेको मनाङ र मुस्ताङमा हाल सक्रिय केस जिरोमा झरेको छ ।
पर्वतमा ७, लमजुङमा ५ र गोर्खामा एक गरी यी जिल्लामा सक्रिय केस एक अंकमा झरिसकेका छन् । पर्वतमा ९८, लमजुङमा एक सय ११ जना र गोर्खामा एक सय १६ जना कोरोनामुक्त भएका हुन ।