Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

सुख्खा पहिरो जाँदा रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

सुख्खा पहिरो जाँदा रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७८ मंगलवार • १९:३७:४० बजे
  • 1.9K
    SHARES
  • सुख्खा पहिरो जाँदा रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

    चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ ।

    images

    मंगलबार बिहान स्याफ्रु–रसुवागढी सडकखण्डको कुलुङ पुल नजिकै सुख्खा पहिरो जाँदा नाका जोड्ने सडक अवरुद्ध भएको हो ।

    करिब सय मिटर सडकमाथिबाट ढुंगामाटोसहितको सुख्खा पहिरो आई सडक पूर्ण रूपमा अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ‘सडकमाथिबाट सुख्खा पहिरो आएको छ ।

    पहिरो ठूलो छ,’ उनले भने । बुधबार बेलुकीसम्ममा सडक सुचारु गराउने प्रयास भइरहेको उनको भनाई रहेको छ ।

    ‘सडक सुचारु गराउन एउटा स्काभेटरले काम सुरु भइसकेको छ ।

    जलविद्युत आयोजनाका स्काभेटरका लागि पनि समन्वय गरिरहेको छु,’ उनले भने ।

    सुख्खा पहिरोले सडक अवरुद्ध हुँदा टिमुरे क्षेत्रको विद्युत सेवा समेत अवरुद्ध भएको बनेको छ ।

    विद्युतका तारहरूमा क्षति पुगेको बताइएको छ ।

    सडक अवरुद्ध हुँदा रसुवागढी नाकामा आवतजावत गर्ने साना तथा ठूला सवारी रोकिएका छन् ।

    टिमुरे जान लागेका करिब २० वटा मालवाहक सवारी बिचमै रोकिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology