दुई सातादेखिको शीतलहरले जारी नै रहेका बेला सप्तरीमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको छ ।
महादेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुरको ज्यान गएको हो ।
उनको शीतलहरका कारण मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।
ठाकुरको राति सुतेको बेला चिसोले कठ्यांग्रिएर मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष ममता कुमारी यादवले बताइन् ।
उनले भनिन् , ‘राति खाना खाएर सुतेका ठाकुर बिहान अबेरसम्म ओछयानबाट नउठेपछि परिवारका सदस्यले हेर्न कठ्यांग्रिएर मृत्यु भएको पाइएको रहेछ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले ठाकुरको मृत्यु चिसो वा अन्य कारणले हो भनेर जानकारी लिने काम भइरहेको बताए ।