मुलुकभर पछिल्लो २४ घण्टामा ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २६७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ७१५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ७० जना र ३ हजार ५५२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २६ हजार ३८५ पुगेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ३९ जना निको भएर घर फर्किएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १३ हजार १७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १० हजार २६७ जनाको परीक्षण हुँदा हालसम्म कुल ५७ लाख ३४ हजार ०३७ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ ।