Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

चिसो बढेसँगै प्रदेश २ मा मृतकको संख्या तीन पुग्यो

चिसो बढेसँगै प्रदेश २ मा मृतकको संख्या तीन पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २१, २०७८ बुधवार • १८:२६:०८ बजे
  • 730
    SHARES
  • चिसो बढेसँगै प्रदेश २ मा मृतकको संख्या तीन पुग्यो

    केही दिनदेखि बढेको अत्यधिक चिसोको कारण प्रदेश २ मा अहिलेसम्म तीन जनाको मृत्यु भएको छ ।

    images

    बुधबार मात्रै सिराहाको कल्याणपुर नगरपालिका–१ अर्नामाकी ६० वर्षीय पल्टी सदाको चिसो कारण मृत्यु भएको छ ।

    सदाको बुधबार बिहानै घरमा चिसोले कठ्यांग्रिएर मृत्यु भएको स्थानीय वडाध्यक्ष राजाराम कामतिले जानकारी दिए ।

    त्यसैगरि, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने ६० वर्षीय समुन्द्रीदेवी यादव र सप्तरीको महादेव गाउँपालिकाका–६५ वर्षीय देवनारायण ठाकुरको सोमबार चिसोको कारण मृत्यु भएको छ ।

    यसैबीच, दिनभरि चल्ने चिसो हावा, बिहान र राती पर्ने शीतलले प्रदेश २ को जनजीवन प्रभावित हुँदै गएको छ ।

    बुधबार बिहान ८ बजे जनकपुर– काठमाडौं उडान पर्ने बुद्ध एयरको जहाजले पनि उडान भर्न सकेन ।

    चिसो बढेपछि बिहान र बेलुकी जनकपुरसहित यस क्षेत्रका बजारको जनजीवन प्रभावित बनेको छ ।

    वृद्ध उमेर समूहका बिरामीको संख्या बढेको जनकपुरधामस्थित प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सक केडि दासले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology