Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज ५४० जनामा संक्रमण, १ जनाको मृत्यु

आज ५४० जनामा संक्रमण, १ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०७८ बिहिवार • १९:१७:३५ बजे
  • 727
    SHARES
  • आज  ५४० जनामा संक्रमण, १ जनाको मृत्यु

    नेपालमा बिहीबार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको ७ हजार २ सय ९ पिसिआर परिक्षणका क्रममा ४ सय ७८ जना र ४ हजार ८ सय ९० एन्टीजेन परिक्षणका क्रममा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मनत्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २६ हजार ९ सय २५ पुगेको छ ।

    त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय २ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

    त्यस्तै थप २ सय ७१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १३ हजार ४ सय ४७ संक्रमित निको भएका छन् ।

    हाल नेपालमा ५ हजार ४ सय ३१ सक्रिय संक्रमित आइशोलेशन र १ सय १३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology