Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

कोरोना भाइरस टेष्टमा मात्रै ३ अर्ब १८ करोड खर्च

कोरोना भाइरस टेष्टमा मात्रै ३ अर्ब १८ करोड खर्च

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ५, २०७७ शुक्रवार • २०:२०:५९ बजे
  • 1.3K
    SHARES
  • कोरोना भाइरस टेष्टमा मात्रै ३ अर्ब १८ करोड खर्च

    सरकारले कोरोना भाइरसको परीक्षणका लागि पिसिआर टेष्टमा मात्रै ३ अर्ब १८ करोड रुपैयाँ खर्च गरेको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ३ अर्ब १८ करोड रुपैयाँ पिसिआर टेष्टमा मात्रै खर्च भएको बताए ।

    images
    मन्त्रालयका अनुसार एक जना संक्रमित पत्ता लगाउन सरकारले १ लाख ४ हजार खर्च गरेको छ । सरकारले अहिलेसम्म पिसिआर र आरडिटी गरेर ५ लाख ७९ हजार ८ सय ९९ जनाको परीक्षण गरेको जनाएको छ । त्यसमध्ये ३० हजार ४ सय ४३ जना संक्रमित फेला परेका छन् ।


    सरकारले अहिलेसम्म कोरोना परीक्षण गर्दा ३ अरव १८ करोड ९४ लाख ४४ हजार ५ सय खर्च गरिसकेको प्रवक्ता गौतमले जानकारी दिए । यो शुक्रबारसम्मको खर्च हो । मन्त्रालयले एउटा पिसिआर टेस्टका लागि ५ हजार ५०० खर्च हुने गरेको जनाएको छ ।

    यो खर्चको विवरण पिपिइ, मास्क लगायतका अन्य स्वास्थ्य सामग्रीको नभएको प्रवक्ता गौतमले प्रष्ट पारे । आइसियुमा ३० दिन राख्दा एकजना बिरामीको ४ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने गौतमले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology