Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हिमाली जिल्ला मुगुमा दोस्रोपटक हिमपात

हिमाली जिल्ला मुगुमा दोस्रोपटक हिमपात

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०७८ बिहिवार • १९:२४:४२ बजे
  • 970
    SHARES
  • हिमाली जिल्ला मुगुमा दोस्रोपटक हिमपात

    हिमाली जिल्ला मुगुमा दोस्रोपटक हिमपात भएको छ ।

    images

    एक साताअघि परेको हिउँ पग्लन नपाउँदै पुन: बुधबार रातिबाट दोश्रो पटक हिमपात भएको हो ।

    जिल्लामा परेको दोश्रो पटकको हिमपातले सदरमुकाम गमगढी बजारमा असर गरेको छैन भने उच्च भेग ताल्चा, रारा, मुर्मा, माथितुम, बाम, रोवा, कोटीला, टोप्ला, मुगुम कार्मारोङ्ग गाउपालिका का मुगु, डोल्फू, खत्याड गाउपालिकाका खमाले, सोरुकोट लगायतका हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको हो ।

    हिमपातले उच्च हिमाली बस्ति सेताम्य देखिएका छन् । एक साता अगाडि परेको हिमपात पग्लिन नपाउँदै पुन हिमपात भएको स्थानीय मणिचन्द्र भामले बताए ।

    हिमपातले अत्यधिक चिसो बढ्नुका साथै जनजीवन कष्टकर भएको छ । उच्च क्षेत्रमा हिमपात भए पनि बेसीतिर झरी परेको छ । हिमपात र झरीले किसानहरु हर्षित भएका छन् ।

    हिउँ परेपछि अन्नबाली फलफूल जडिबुटीको सप्रिने किसानहरुको भनाइ छ ।

    हिमपातले लेकाली बस्तीका स्थानीयलाई आउजाउ गर्न, वस्तु चराउन र घाँस दाउरा ल्याउन भने मुस्किल भएको छ । जिल्लामा भारी हिमपातका कारण यातायात सेवा अवरुद्ध भएको छ ।

    एक साताअघिको हिमपातले गमगढी नाग्मा सडक खुल्न नपाउँदै फेरि हिमपात भएपछि जिल्लामा सडकमार्ग लामो समयसम्म बन्द हुन पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # हिमाली जिल्ला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology