Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०७८ बिहिवार • १९:२५:५५ बजे
  • 1.3K
    SHARES
  • बाघको आक्रमणबाट एक महिलाको मृत्यु

    बाँकेमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

    images

    राप्तीसोनारी–४ पर्सोना गाउँकी ५२ वर्षीया लीला विष्टको बिहीबार घाँस काट्न जंगल गएको बेला बाघको आक्रमणबाट ज्यान गएको हो ।

    स्थानीय ३ जना महिलासँगै घाँस काट्न गएको बेला जलहन सामुदायिक बनको तीन पाने स्थानमा बाघले विष्टमाथि आक्रमण गरेको हो ।

    इलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोली र सयौँको संख्यामा गएका स्थानीय बासिन्दाले बाघले महिलाको रगत चुस्दै गरेको अवस्थामा शव फेला पारेका थिए ।

    बाघले मान्छेलाई देखेर पनि शवलाई नछोडेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो ।

    इलाका प्रहरी कार्यालय धामपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक मुकुन्द सिग्देलले भने एक राउन्ड प्रहार गर्दा झम्टिन खोजेपछि दोस्रो राउन्ड गोली प्रहार गर्दा बाघ भागेको बताएका छन् ।

    बाँके राष्ट्रिय निकुञ्जमा गत भदौमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको थियो भने मंसिरमा नरैनापुरमा गोठाला गएका व्यक्तिलाई खाएको थियो । त्यसयता राप्तीपारीको जंगल आसपासमा बाघले पटक–पटक आक्रमण गर्दै आएको छ ।

    बुधबार (हिजो) मात्र पनि एक महिलालाई आक्रमणको प्रयास गरेको थियो । उनी प्रतिकार गरी बाच्न सफल भएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # एक महिलाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology