Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लिभिङ टुगेदरमा बस्ने युवक-युवती मृत फेला

लिभिङ टुगेदरमा बस्ने युवक-युवती मृत फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २३, २०७८ शुक्रवार • १०:५६:१० बजे
  • 1.3K
    SHARES
  • लिभिङ टुगेदरमा बस्ने युवक-युवती मृत फेला

    काठमाडौंको कपनस्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवक-युवती मृत फेला परेका छन् ।

    images

    कपन प्रहरीको अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी राई र खोटाङकी युसुना राई मृत फेला परेका हुन् । प्रहरीको अनुसार उनीहरु केही समयदेखि ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए ।

    घटनाको प्रकृति हेर्दा युवकले युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको र आफूले आत्महत्या गरेको जस्तो देखिएको प्रहरीको दाबी छ ।

    प्रहरीको अनुसार युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट छ भने केटाको घाँटीमा चक्कुले रेटेको चोट छ । युवती नग्न र केटा अर्धनग्न पल्टिरहेका अवस्थामा भेटिएकाे प्रहरीले जनाएकाे छ ।

    केटाको ढुक्ढुकी भएको पाएपछि प्रहरीले उनलाई चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पताल पुर्याएपछि उनको मृत्यु भएको थियो ।

    घटनास्थलबाट धारिलो हतियारसमेत बरामद भएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # युवक-युवती मृत फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology