Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २३, २०७८ शुक्रवार • १५:३०:१८ बजे
  • 757
    SHARES
  • थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

    नेपालका विभिन्न स्थानमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्रै थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।

    १ हजार १४६ पोजिटिभ नमूनाहरुको एस जिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरूमा २२ प्रतिशत एस जिन नेगेटिभ पत्ता लागेका हो ।

    एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि अस्पतालहरुलाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ ।

    यस्तै, ओमिक्रोन भेरियन्ट संक्रमणबाट सतर्क रहन आग्रह गर्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई मन्त्रालयले आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology