Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अदालत,अस्पताल व्युरोक्रेसी र नेतृत्व किन सधै बिबादास्पद हुन्छ ?

अदालत,अस्पताल व्युरोक्रेसी र नेतृत्व किन सधै बिबादास्पद हुन्छ ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २३, २०७८ शुक्रवार • २०:०६:२९ बजे
  • 1.6K
    SHARES
  • अदालत,अस्पताल व्युरोक्रेसी र नेतृत्व किन सधै बिबादास्पद हुन्छ ?

    कमल भण्डारी

    images

    मानिस जन्म जात नै सबै विषयले पोख्त भएर कोहि पनि धर्तीमा आगमन भएको हुदैन! यस विषयमा हामी कसैको पनि दुइ मत भएन तर मानव भएर सृष्टि लिएर दानवीय व्यवहार प्रस्तुत गरिरहेका छन । यो विषयमा भने उदेक लाग्दो छ । चेतनशील प्राणी भएर पनि किन पशु सम्मको पनि ज्ञान र विवेकले काम गर्दैनन् चेतना भ्रष्ट भएका मानवका नाममा कलियुगमा कंसहरू र चितुवामा खासै अन्तर अथवा भिन्नता भएको देखिदैन । 

    सृष्टिले मानव जातिलाई आवश्यक पर्ने सबै चिजहरूको खानी दिदा पनि हामी किन सुनको र्पिकामा बसेर भिख  माग्ने मगन्ते जस्तो हुने बाध्य भएको या बाध्य बनाइयो यस बिषयमा गहन छलफल र समिक्षा अहिलेको आवश्यकता हो । मानवीय आवश्यकत परिपूर्ति गर्ने साधान स्रोतले भरिपूर्ण हुदा पनि हामी किन गरिबीको चपेटा,रोगी जोगी र खानाको भोगी दैनिक छाक टार्न पनि हामी सबै परदेशीको गुलामी बन्नु पर्ने असाध्यै दुखद र कष्टदायी जीवन किन भयो ? 

    हाम्रो नेपाल राम्रो नेपाल हेर्ने देख्ने सम्पूर्ण तिन करोड नेपालीको चाहाना हो । तर त्यो पृथक अपेक्षा पूरा गर्ने नेतृत्व पनि स्थापित हुनु पर्ने हो । यो कता कता कुइरोमा हराएको काग जस्तो देखिन्छ । शब्दका माया जाल बनाउनेहरू राजनितिक नेतृत्व नै काफि छ तर केहि अपेक्षा र आशा लाग्दा नेतृत्व नभएका पनि होइनन । खोलाको किनारमा धेरै चक्कर र ठक्कर खाएर निखारिएका राजनितिक व्यक्तित्व पनि छन । अपेक्षा राख्न मात्रै सकिन्छ तर पूर्ण भरोसा गर्ने अवस्था भने छैन । 

    देशलाइ दिशा निर्देश गर्ने भनेको मुलभूतरूपमा राजनितिक नेतृत्व र त्यसलाई कार्यन्वयन गर्ने भनेको स्थाइ सरकार अथवा व्युरोक्रेसी नै हो । हामी के स्थाई सरकारका प्रतिनिधि र प्रमुख दलको मूख्य नेतृत्वसग त्यस किसिमको क्षमता दक्षता र योग्यताले पूर्ण छन त? यो विषयमा गहन समिक्षा गर्नु पर्ने देखिन्छ । दृस्ठि कोण नभएको नेतृत्वलाई देशको चापी हस्तान्तरण गर्नु भनेको जरा नभएको रूख जस्तै बनाउनु हो । 

    लामो राजनितिक संघर्ष पछि हामी सबैको अपेक्षा थियो देशले आमुल परिर्वतनको बाटो लिने छ । २००७ देखि २०६२ र २०६३ सम्मका बिबिध किसिमका आन्दोलनले प्राप्त गरेका उपलब्धीहरू पक्कै पनि इतिहासमा मनन योग्य हुने छन । परिवारवादको राजकीय भूमिका बाट नेपाल मूक्त भएपछि अव जन निर्वाचित प्रतिनिधिले देश चलायमान बनाउने छन । नागरिक जल्दा बल्दा समस्याको सम्बोधन गर्ने छन ।

    कुनै पनि नेपाली नागरिक रोग भोक शोक शिक्षा स्वास्थ्य रोजगारी नाना छाना अन्न कुनै पनि पाटोबाट विमुख हुने छैनन ।  अहिले जे अपेक्षा थियो हिजो जस्तो थियो आज पनि उहि अवस्थामा अवस्थित छ । यो व्यक्तिको समस्या हो कि व्यवस्थाको गहिरो समिक्षा गर्ने अवस्था सृजित भएको छ । 

    परन्तु अदालत अस्पताल नेपाल सरकारको व्युरोक्रेसी कस्तो छ यो बिषयमा गहन अध्यन र  विश्लेषण  र समाधानको पाटो नखोज्ने हो भने घरमा अन्नको भकारी भरी अन्न संचय गरी सडकमा भिख माग्ने भिकारीको जस्तो दिनको आगमन ढिलो चाडो अवश्य हुन्छ किनभने संक्षिप्तमा अदालत अस्पताल र स्थाई सरकारका कर्मचारी राजनितिक दलको नेतृत्वले गरेको घात व्याख्या तिर लागाै । 

    अदालत कस्तो छ! एक पटक समिक्षा गराै सामान्य नागरिकलाई रोजगारीको प्रलोभनमापारी निज व्यक्तिको नागरिता दुरूपयोग गरी कम्पनी खडा गरेर राजस्व छलि गर्ने उक्त जालसाजी कारोवारमा अदालतको श्रीमानहरूको आँखामा कालो कपडाले बाधिएको भएर होला कानुन र संविधान भनेको के हो? यस्को व्याख्या कसरी गर्ने भन्ने हेक्का समेत हुदैन? त्यसैको पछिल्लो उदाहरण हो कामुक प्रधान न्यायाधीशको श्रीमतिको अकुत सम्पतिको छानविन गरी पाउ भनि मुदा दायर भएको र साधारण नागरिकको नागरिता दुरूपयोग गरी कम्पनी स्थापीत गर्ने र कसुर पाउने व्यक्तिले छुट पाउने जस्लाइ कम्पनि खडा कसरी हुन्छ । 

    भन्ने समेत हेक्का नभएका व्यक्तिलाई दश महिना सम्म नखु कारघारमा जेल जीवन व्यतिति गनुपर्ने त्यसैका भुक्त भोगि हुन बारा जिल्लाका उमाशंकर रायभर जस्लाई न कानुन विषयमा जानकारी छ नत मलाई किन जेल चलान भएको भन्ने हेक्का छ । उमाशंकर रायभर जस्ता हजारौं नेपालीले दुख पाएका छन । चाहे त्यो लेनदेन होस चाहे त्यो अपराधिकरणको विषयमा होस अदालत र न्याधिस भनेका नोटमा कानुन र सविधानको धज्जी उडाएका छन ।  

    अस्पातल कस्तो छ एक पटक विश्लेषण गराै सामान्य स्वस्थ जीवन कसरी जीउन सकिन्छ । भनेर हामी जस्ता धेरै नेपाली छन आहार विहारको बारेमा जानकारी नभएको स्वस्थ जीवनयापन गर्ने असल मन्त्र के के हुन । भनेर लगभग नेपाली अनवीज्ञ नै छन । मानिसको जीवन जस्तो संमवेदनशील बिषयमा पनि ज्ञान नहुनु असाध्यै दुखद पिडा हो । जस्तै भोजन गरिसकेपछि चिसो पानी तत्कालै पिउनु कुन मानेमा यस्तो प्रक्रिया उचित हो !

    त्यसैले यस्तै विविध कारणले नेपालीहरू रोगको शिकार भएका छन । जव रोगी हुन्छन तव उपचारको नाममा भएको सबै घर जग्गा बिक्री गर्दा पनि उपचार गर्ने ल्याकत हुदैन,जव रकमको अभाव हुन्छ तव सडकमा जीवन रक्षाको भिख माग्न बाध्य हुनुपर्छ भिख मागेर जीवन रक्षा गर्ने कसैको पनि न अपेक्षा हुन्छ न चाहाना तर के गर्नु राज्य नै निकम्मा भएपछि यो अवस्था सृर्जित हुन्छ । खोइ त जनताको स्वास्थ्य सुरक्षाको सुनिश्चित यदि त्यहि ठाउँमा कुनै पनै राजनितिक दलको कार्यकर्ता वा नेतृत्व रोगले ग्रस्त भयो भने राज्यको ढिकुटिबाट उपचार गरी स्वास्थ्य उपचारको लागी सम्पूर्ण खर्च राज्यले जिम्मा लिन्छ ।

    यसैको पछिल्लो उदारहरण हो पूर्व नेकपा एमाले झलानाथ खनाल र एमालेको वर्तमान अध्यक्षको स्वास्थ्य उपचार राज्यको ढिकुटिबाट भुक्तान गरियो यस्को मतलव नेतृत्वलाई उपचार गर्नु हुदैन भन्ने आशय होइन तर किन लोकतन्त्रमा पनि हाम्रो राज्यमा दुइ प्ररकारका नागरिक छन नेता शासक जनता सेवक त्यसकारण यस्तो प्रवृत्ति स्थापीत हुनु भनेको नेतृत्व चितुवा जनता चाहि जंगलको मृग जस्तै भएन र ?

    स्थाई सरकारका कर्मचारी कस्ता छन एक पटक सुन पानीले पखाली शुद्रिकरण अभियान लागु गराै ललित निवासको जग्गा प्रकरणमा नक्कली कागजात तयार गरी नेपाल सरकारको एक सय त्रिचालिस रोपनि जग्गा किर्ते गर्ने पूर्व सचिव दीप बस्नेत अहिले कारावास चलान हुदैछन तिनै व्यक्ति हुन हिजो अख्तियार आयोगमा प्रमुख भएर आफ्नो कार्यकाल पूरा गरे त्यसकारण नेपाल सरकारका स्थाई कर्मचारीको यस्तो कर्मकाण्डमा हामी कति समय पिडा ग्रहण गरी बस्ने एक पटक हामी सबैले आफुले आफैलाई प्रश्न गराै ?


    त्यसकारण अस्पताल अदालत व्युरोक्रेसी भित्रको तस्करको कालो जालो जव सम्म सुधार हुदैन तव सम्म हामी नेपाली सुख खुशी अमयचयन आगमन हुदैन सधै फुल स्टप भएर अग्रगमनको यात्रा तय हुदैन । राज्य संमयन्त्र भित्र भएको यस्तो कुइरो भित्र हराएको काग जस्तो जीवनबाट मुक्त हुने अपेक्षा भनेको राजनितिक नेतृत्वबाट हो । यदि नेतृत्वबाट सुधार भएन र जनताको अपेक्षा पूरा भएनन भने व्यवस्था बिरूद्र फेरि संघर्ष शुरू हुने अपेक्षालाई स्थगीत गराै ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology