Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

मौसम वर्षा र हिमपातको सम्भावना

मौसम वर्षा र हिमपातको सम्भावना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २४, २०७८ शनिवार • ०८:३७:१५ बजे
  • 466
    SHARES
  • मौसम वर्षा र हिमपातको सम्भावना

    हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको छ ।

    images

    तराईका केही भूभागमा हुस्सु–कुहिरो लागेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरैजसो स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरैजसो स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    आज राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । आइतबार सुदूरपश्चिम र कर्णालीका धेरैजसो स्थानमा र बाँकी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    त्यस्तै उच्च पहाडी तथा हिमाली भूभागका धेरैजसो स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । सोमबार पनि वर्षा हुने सम्भावना रहेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका धेरैजसो स्थानमा पानी पर्नेछ ।

    लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका एक, दुई स्थानमा पनि वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरैजसो स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम अवस्था
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology