Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एनआईसी एशिया बैंकको १६ लाख लुटपाट गर्ने चारजना पक्राउ

एनआईसी एशिया बैंकको १६ लाख लुटपाट गर्ने चारजना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २४, २०७८ शनिवार • ०८:५५:२४ बजे
  • 1.7K
    SHARES
  • एनआईसी एशिया बैंकको १६ लाख लुटपाट गर्ने चारजना पक्राउ

    काठमाडौंको नयाँबानेश्वरस्थित एनआईसी एशिया बैंकको रकम लुट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा एक जना बैंकका कलेक्टर पदमा कार्यरत कर्मचारी समेत रहेका छन् । प्रहरीका अनुसार अनुसन्धानबाट चोरीमा कर्मचारीकै संलग्नता रहेको खुलेपछि बैंकका कर्मचारी (कलेक्टर) प्रदीप खत्री पक्राउ परेका हुन ।

    उनी नै यो लुटपाट काण्डको मुख्य योजनाकार पनि रहेको अनुसन्धाबाट खुलेको छ । प्रहरीका अनुसार खत्रीले एनआईसी एशिया बैंकको बानेश्वर शाखामा कुनै पनि कम्पनीले बैंकमा ठूलो रकम जम्मा गर्न खोजे सम्बन्धित ठाउँमै पुगेर रकम संकलन गर्ने गर्दथे । रकम लुटपाटमा संलग्न विमल तामाङ, अनिस खड्का र शक्ति पौडेल अहिले प्रहरी नियन्त्रणमा छन ।

    प्रहरीका अनुसार उनीहरूले एनआईसी एशिया बैंकको बानेश्वर शाखाको १६ लाख तीस हजार चार सय २४ रुपैयाँ पुस १८ गते लुटेका थिए ।

    रकम लुटेपछि उनीहरुले एकआपसमा भाग लगाएको पनि प्रहरीले जनाएको छ । चार जनामध्ये शक्ति पौडेलको भागमा छ लाख तीस हजार चार सय चौबीस रुपैयाँ, बिमल तामाङको भागमा तीन लाख रुपैयाँ प्रदीप खत्रीको भागमा तीन लाख रुपैँया, अनिष खड्काको भागमा चार लाख रुपैयाँ परेको प्रहरी जनाएको छ ।

    प्रहरीले उनीहरुबाट तेह्र लाख छयालीस हजार बरामद गरेको छ भने बाँकी रकम उनीहरुले खर्च गरेको खुल्न आएको छ ।

    प्रदिप खत्रीले १८ पुसमा बानेश्वरस्थित वडा १० को कार्यालयबाट नगद १२ लाख ४५ हजार र मेटलाइफ इन्स्योरेन्सबाट नगद ३ लाख २५ हजार ४ सय २४ संकलन गरेर आउँदा उनको योजना अनुरुप चोरी भएको थियो । उनीसँगै मोटरसाइकमा बैंककी महिला कर्मचारी आरुसी भण्डारी रहेको प्रहरी जनाएको छ ।

    मध्य बानेश्वरस्थित ग्लोबल कलेज अगाडि पुगेपछि भने मोटरसाइकलको पेट्रोल सकिन लागेको भन्दै खत्रीले मोटरसाइकल रोकेका थिए । सोही क्रममा विमल तामाङ, अनिस खड्का र शक्ति पौडेलले मोटरसाइकलको पछाडि बसेकी आरुसी भण्डारीले बोकेको पैसाको ब्याग लुटेर भागेको प्रहरी जनाएको छ ।

    अनुसन्धानका क्रममा प्रदीपको भूमिका शंकास्पद देखिएपछि १८ पुसमै नियन्त्रणमा लिएर अनुशन्धान गरेपछि घटना उनकै योजना अनुसार भएको खुलेको थियो ।

  • सम्बन्धित विषय:

  • # चारजना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology