Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२४ घन्टामा थपिए ९४४ संक्रमित, २९७ जना कोरोनामुक्त

२४ घन्टामा थपिए ९४४ संक्रमित, २९७ जना कोरोनामुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २४, २०७८ शनिवार • १७:४७:४० बजे
  • 1.2K
    SHARES
  • २४ घन्टामा थपिए ९४४ संक्रमित, २९७ जना कोरोनामुक्त

    छिमेकी राष्ट्र भारतमा तीब्र रुपमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा नेपालमा पनि संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २६४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार ९ हजार ७६२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ६ सय ९६ जना र ३ हजार ५०२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २८ हजार ८३७ पुगेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ९७ जना निको भएर घर फर्किएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १४ हजार ००६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १३ हजार २६४ जनाको परीक्षण हुँदा हालसम्म कुल ५७ लाख ७४ हजार ३७१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology